Comments Add Comment

पाथीभरा यात्रा सहजताका लागि सुविधायुक्त लठ्ठी

1 photo Pathibhara

२० साउन, ताप्लेजुङ । प्रशिद्ध तिर्थस्थल पाथीभरामा दर्शनका लागि आउने तिर्थयात्रीले पैदल यात्रा गर्दा सुविधा युक्त (फोल्डिङ, ट्रेकिङ स्टिक) लठ्ठी टेक्न पाउने भएका छन् ।

पाथिभराको विकासका लागि गठित सरकारी समिति पाथिभरा क्षेत्र विकास समितिले पाथीभरामा तिर्थयात्रिको चाप हुने महिना भदौ एक गतेबाट तिर्थयात्रिलाई टेक्ने लठ्ठी वितरण गर्न लागेको हो ।

पाथीभरा मन्दिर पुग्न तिर्थयात्रिले सवारी साधन बाट उत्रेपछि तीन घण्टा उकाला पैदल यात्रा गर्नुपर्ने भएकाले तिर्थयात्रिको यात्रा सहजता साथै सामुदायिक बन जोगाउनका लागि ट्रेकिङ स्टिक वितरण गर्न लागेको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताए ।

“दुई लाख पचास हजार बराबरको पाँच सय थानलठ्ठी खरिद गरिसकिएको साथै सो लठि्ठ तिर्थयात्रि हिड्न सुरु गर्ने स्थानमा राखिने र पाथिभराको दर्शन पस्चात फर्किएपछि पुन फिर्ता गर्ने गरी प्रदान गरिनेछ” अध्यक्ष पौडेलले अनलाइनखबरसँग भने ।

यस अघि तिर्थयात्रिले पैदलयात्रा हिड्दा यस क्षेत्रका रुख विरुवा काटि लठ्ठी बनाई प्रयोग गर्ने भएकाले यस क्षेत्रको सामुदायिक बन मासिन थालेकाल टेक्नको लागि यस्तो व्यवस्था गरिएको पौडेलले बताए ।

पहिलो चरणमा पाँच सय थान लठि ल्याएको र तिर्थयात्रिको माग र चाप बढे अझै ल्याउने योजना रहेको समितिले जनाएको छ । साथै समितिले स्थानीय यातायात व्यवसायीसँग सहकार्य गरेर यसै वर्षबाट तिर्थयात्रिको लागि होलसेल मुल्यमानै पाथिभरा क्षेत्रमा मिनरल वाटर समेत वितरण गर्ने योजना बनाएको अध्यक्ष पौडेलले बताए ।

पाथीभरा क्षेत्रमा पानीको मुहान नहुँदा तिर्थयात्रिले माथिल्लो फेदि देखिनै पानी बोक्नुपर्ने बाध्यता रहेको छ भने खानका लागि समेत महँगोमा मिनरल वाटर किन्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment