Comments Add Comment

चोरेको देखेपछि बालिकाको हत्या, हत्यारा सार्वजनिक

hattyara_jhapa

२० साउन, झापा । मामाघर आएकी ११वर्षीय बालिका तनुजा कोइरालाको हत्या अभियोगमा पक्राउ परेका राजकुमार राजवंशीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापामा पत्रकार सम्मेलनको आयोजना गरी श्रमिकका रुपमा बसेका राजवंशीले तनुजाको हत्या गरेको अनुसन्धानको क्रममा पुष्टि भएको जनाएको हो ।

‘राजवंशीले घरमा पसेर चामल चोर्दै थिए’, प्रहरी उपरीक्षक शैलेस थापाले भने, ‘त्यो देखेपछि राजवंशीले बालिकाको हत्या गरेको खुलेको छ ।’  गत साउन ४ गते तनुजा बुधबारे-५ मा रहेको मामाघर पुगेकी थिइन् ।

प्रहरीका अनुसार शान्तिनगर-१ मा घर भएकी तनुजाले चामल चोर्दै गरेको देेखेपछि राजवंशीले उनको मुख थुन्ने प्रयास गरे । तर, तनुुजा चिच्याइरहिन् । र, राजवंशीले उनीमाथि चक्कु प्रहार गरेका थिए ।

सोही क्रममा राजवंशीले तनुजामाथि बलात्कारको प्रयास समेत गरेको स्वीकारेका छन् ।

बालिकाको हत्या गरेर राजवंशी हतारमा साइकल लिएर भागे । सोही दिन राति उनी हतारमा निस्किएका थिए ।

अर्को दिन विहानै भऽपुरमा पुगेर उनले साइकल बेचे । र, सार्वजनिक बसमा चढेर भारततिर लागेको पत्रकार सम्मेलनमा बताइयो ।  भारतीय प्रहरीको सहयोगमा राजवंशीलाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दा अन्तरगत रहेर उनलाई हिरासतमा राखि अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment