Comments Add Comment

आधुनिक हतियारसहित ६ पक्राउ

२३ साउन, जनकपुर। जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष सुराकीका आधारमा जनकपुरको वंशीचोकबाट हतियारसहित छ जनालाई पक्राउ गरेको छ ।

pestolप्रहरी नायब उपरीक्षक नकुल पोखरेलले पक्राउ गरिएका व्यक्तिहरुको विषयमा अनुसन्धान भइरहेको बताउँदै आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।

पक्राउ गरिएका हतियारहरुमा दुईवटा कटुवा पेस्तोललगायत केही आधुनिक हतियारसमेत रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार जनकपुरमा चोरीका घटना घटाउन योजना बनाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

स्रोतका अनुसार पक्राउ गरेका ६ जना चोरी गर्ने गिरोह रहेको बताइएको छ । निजहरुको साथबाट चोरी गरिएका केही सामान र मदिराका बोतलसमेत बरामद भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment