Comments Add Comment

मेरोलिष्ट डटकमले थाल्यो कारोबार

merolist.com-3२५ साउन, काठमाडौं । इ-कमर्स साइट मेरोलिष्ट डटकमले आफ्नो कारोबार थालेको छ । यो विश्व प्रसिद्ध बहुराष्ट्रिय कम्पनीद्वारा प्रमाणित गरेको आधिकारिक समानहरु मात्र उपलब्ध गराउने अनलाइन स्टोर हो ।

कम्पनीले आवश्यक परेको खण्डमा ग्राहकलाई कम्पनीबाट प्राप्त सर्टिफिकेट अफ एथेन्टिसिटीको प्रति उपलब्ध गराउने भएको छ । प्रथम चरणमा ग्राहकहरुले रेभलोनका सौन्दर्य प्रसाधन हिमायल हर्बलका पर्सनल केयर तथा बेकी केयर उत्पादनहरु खरिद गर्न सक्नेछन् ।

कम्पनीले उपलब्ध गराएको सबै कन्जुमर अफरहरुको जानकारी प्राप्त गर्न सक्नेछन् । यसले काठमाडौं, पाटन तथा भक्तपुरको लागि निशुल्क डेलिभरी सेवा दिनेछ । कम्पनीको न्युनतम खरिद रकम १ हजार रुपैयाँ हुनेछ । भुक्तानीका लागि क्यास डेलिभरी तथा तथा इ-सेवाबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

merolist.com-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment