Comments Add Comment

नेविसंघको बन्दसत्र अन्योलमा, सहमतिको प्रयास जारी

२५ साउन, काठमाडौं । प्रतिनिधि विवादका कारण नेपाल कांग्रेस निकट नेविसंघ महाधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।

Nebisanghसोमबार नै सुरु हुने भनिएको बन्दसत्र विवादका कारण मंगलबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, विवाद नमिलेकाले बन्दसत्र सुरु हुन सकेको छैन ।

नेविसंघ प्रवक्ता यूपी लामिछानेले भने, ‘विवाद नमिलेसम्म बन्दसत्र सुरु हुने छाँट छैन । सहमतिको प्रयास भइरहेको छ ।’

गत आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले एघारौं महाधिवेशन उदघाटन गरेका थिए । पूर्वनिर्धारित कार्यतालिका अनुसार महाधिवेशन मंगलबार नै सक्ने योजना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment