Comments Add Comment

८० वर्षका वृद्धझैँ बने ४ वर्षका बालक

baby old

जम्मा ४ वर्षको उमेरमा यदि कोही मानिस ८० वर्षकेा बुढाजस्तै देखिन थाल्दछ भने के होला ? साँच्चीकै यो दुनियाकै आश्चर्य हुन्छ । तर तपाइँले तस्वीरमा देख्नुभएको दृश्य साँच्चीकै यस्तै आश्चर्य र पीडाले भरिएको छ । यहाँ महिलाले कुनै वृद्धलाई उचालिरहेको र ती वृद्धले रुन्चे मुख लगाएको जस्तो देखिन्छ । तर वास्तवमा ती वृद्ध नभै ४ वर्षका बच्चा हुन् ।

बंगलादेशका यी ४ वषर्ीय बालकको नाम बायेजिद हुसैन हो । उनी प्रोजेरिया नामक बुढ्यौली रोगको चरम रुपबाट ग्रसित छन् । जसका कारण बच्चा बाल्यकालमा बुढो बन्दछ ।

सन् २०१२ मा बंगलादेशको एक सरकारी अस्पतालमा जन्मिएका बायेजिदकी आमा त्रिप्ती खातून छोराको दिमाग निकै तेजिलो भएको कारण खुसी थिइन् । तर जब उमेर बढ्दै जादाँ बच्चा बुढो जस्तै बन्न थाले र उनको रोगबारे पत्ता लाग्यो तब आँखा अगाडि नै अँध्यारो छायो ।

४ वर्षका बालक बायेजिदका दाँत झरिसकेका छन् । अनुहार पूरै चाउरिएको छ भने सरीरको छाला बुढा मानिसको जस्तै झोलिएको छ ।

इस्तो अनौठो रोगका कारण बायेजिद स्कुल जान पनि सक्दैनन् । उनलाई देख्दा सबै बच्चा डराउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment