Comments Add Comment

लण्डनबाट नायिका आएपछि दंग मिलन, व्यापक हुनेमा विश्वस्त

milan chams and diya pun in airport
भदौ ३ गतेबाट देशभरका हलमा चलचित्र ‘वीर विक्रम’ रिलिज हुँदैछ । यो चलचित्रको प्रचार पनि अहिले तिव्र पारिएको छ । चलचित्रको प्रचारमा एक्लै दौडिएका निर्माता तथा निर्देशक मिलन चाम्सले अब नायिका पाएका छन् । नायिका दीया पुन चलचित्र प्रचारका लागि लण्डनबाट नेपाल आएकी हुन् । आज बिहान त्रिभुवन विमानस्थलमा नायिका पुनलाई लिन मिलन आफै पुगेका थिए ।

चलचित्रले पाएको प्रतिक्रियाले उत्साहित बनेको भन्दै दीयाले नेपालमा पनि दर्शकले माया गर्नेमा विश्वास व्यक्त गरिन् ।निर्देशक मिलन चाम्स नायिका आएपछि खुशी हुँदै भने-‘अब व्यापक हुन्छ ।’

दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दीया पुन मुख्य भूमिकामा रहेको यो चलचित्रमा प्रेम, विछोडको कथा समावेश गरिएको छ । नायिका पुन आफ्नी आमासँग नेपाल आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment