Comments Add Comment

इस्टाग्राममा पोर्न आक्रमण

pornographicह्याकरहरुले सोसल साइट इन्स्टाग्राम प्रयोगकर्ताको अकाउन्टमा पोर्न आक्रमण सुरु गरेका छन् ।

प्रयोगकर्ताको इन्स्टाग्राम अकाउन्ट ह्याक गरी त्यसमा विभिन्न खाले पोर्न सामाग्रीहरु अपलोड गरिदिएका छन् ह्याकरहरुले । ह्याकिंगको चपेटामा परेका इन्स्टाग्राम अकाउन्टहरुमा प्रयोगकर्ताको बायोग्राफी, तस्वीर, नाम, सक्कली पेजमा परिवर्तन गरी त्यसको साटो विभिन्न खाले यौनिक सामाग्रीहरु अपलोड भएको पाइएको छ । साथै इन्स्टाग्राम अकाउन्टमा विभिन्न पोर्न साइटका लिंकहरु समेत अपलोड भएका छन् ।

साइबर सेक्युरिटी र्फम सिमेन्टेकले पहिलोपटक यस्तो पोर्न आक्रमण भएको पत्ता लगाएको हो । खासगरी एडल्ट डेटिंग साइटहरुको प्रवर्द्धन गर्नका लागि ह्याकरहरुले इन्स्टाग्राम ह्याकिंगको सहारा लिएको पाइएको छ ।

इसअघि टि्वटरमा पनि यस्तै खाले पोर्न ह्याकिंग भएको थियो ।

प्छिल्लो ह्याकिंग कुन देशका ह्याकरहरुले गरेको हो भन्ने कुरा चाहीँ पत्ता लगोको छैन । इन्स्टाग्राम अकाउन्टमा भएकेा पोर्न ह्याकिंगका बारेमा इन्स्टाग्राम स्वयंले कुनै प्रतिक्रिया जनाएको छैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment