Comments Add Comment

उपराष्ट्रपतिले दिए ‘वीर विक्रम’की नायिकालाई शुभकामना

nandakisor meet bir bikram heroinचलचित्र रिलिजको दिन नजिकिदै गर्दा ‘वीर विक्रम’का निर्देशक मिलन चाम्सले यसको प्रचारलाई आक्रामक बनाएका छन् । उनले चलचित्रको बिषयमा दर्शकलाई जानकारी दिन कुनै कसर बाँकी राखेका छैनन् ।

२ दिन अगाडि बेलायतबाट नेपाल आएकी चलचित्रकी नायिका दीया पुनले उपराष्ट्रपति नन्दबहादुर पुनबाट वधाई तथा शुभकामना पाएकी छिन् । बिहिबार दिउँसो उपराष्ट्रपति कार्यलय, कान्तिपथमा पुगेर दियाले पुनलाई भेटेकी थिइन् ।

उपराष्ट्रपति पुनले चलचित्र ‘वीर विक्रम’को प्रिमियरमा आफू सहभागी हुने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । उनले भने-‘यो चलचित्र राम्रो भएको मैले विश्वास लिएको छु । म यसको प्रिमियर शोमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दछु ।’ भेटमा चलचित्रका निर्देशक मिलन चाम्स, चलचित्रको विदेश वितरण प्रमुख गृहेन्द्र घिमिरे पनि सहभागी थिए ।

भदौ ३ गतेबाट रिलिज हुने यो चलचित्रमा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन र दीया पुनको मुख्य भूमिका छ । हङकङ र बेलायतमा भएको शोबाट चलचित्रले उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment