Comments Add Comment

अक्षयको ‘रुस्तम’: हत्या, बदला र देशभक्तीको कथा

rustam

निर्देशक : टिनु सुरेश देसाइ
निर्माता : जी स्टुडियो, क्रियार्ज इन्टरटेनमेन्ट, केप अफ गुड फिल्मस, प्लान सी स्टूडियो, नीरज पाण्डे
कलाकार : अक्षय कुमार, इलियाना डिक्रुज, इशा गुप्ता, अर्जन बाजवा, पवन मल्होत्रा, कुमुद मिश्रा ।

बलिउडका सफल नायक अक्षय कुमार एक पटक फेरि निरज पाण्डेको प्रोडक्सनमा अभिनय गर्न पुगेका छन् । उनले अभिनय गरेको चलचित्र ‘रुस्तम’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ ।

टिनु सुरेश देसाईको निर्देशनमा बनेको यस चलचित्रमा अक्षय कुमारले नेवीको भुमिका निर्वाह गरेका छन् । भारतीय नेवीका अफिसर रुस्तम पावरी (अक्षय कुमार) र उनकी श्रीमति सिन्थिया पावरी (इलियाना डिक्रुज) कै वरिपरि घुमेको छ यो चलचित्रको कथा ।
रुस्तम र सिन्थियाको जीन्दगी रमाइलोसँग वितिरहेको हुन्छ । तर, आफ्नो परिवारमा देखिएको खुसी टिकाउन असफल हुन्छन् दुबै । जब रुस्तमले आफ्नै साथी विक्रमसँग आफ्नी श्रीमतीको अफेयर रहेको थाहा पाउँछन्, यसपछि कथाले रोचक मोड लिन्छ ।

उनीहरुविच सम्बन्ध भएको थाह पाएपछि रिसले आगो भएका रुस्तम बिक्रमलाई गोली ठोक्छन् । विक्रमलाई ३ गोली हानेर रुस्मत प्रहरीकोमा आत्मसर्मपण गर्न पुग्छन् । यो केस अदातलसम्म पुग्छ । अदातलमा रुस्मत आफै केस लड्नछन् । यसपछि कथामा ट्विस्ट आउँछ । ‘रुस्तम’ले विक्रमलाई ३ गोली हानेको स्विकार त गर्छन्, तर उनलाई अदालतले सफाई दिन्छ । के रुस्तमले यसपछि आफ्नी श्रीमतीलाई स्विकार गर्छन् ? विक्रमकी दिदी बनेकी इशा गुप्ता अब कस्तो कदम चाल्छिन् ? यो रोचक कथा हेर्नका लागि तपाइले हलसम्म जानुपर्नेछ ।

निर्देशन कस्तो छ ?
चलचित्रमा निर्देशकको काम गजबको देखिन्छ । ५० को दशकलाई निकै सानदार ढंगले देखाएका छन् निर्देशकले । स्त्रिmन प्ले, भाषा, पोशाक र आसपासको माहोललाई सटिक ढंगमा देखाइएको छ । चलचित्र हेर्दा आधुनिक भारत देखिदैन । यो निर्देशकको सफल पक्ष हो ।

सन् १९५० मा भएको बैकड्रपको घटनालाई निकै ख्याल गरेर छायांङकन गरिएको छ । संवाद निकै चुस्त लाग्छ । चलचित्र केही लामो छ । तर हेर्दा झर्को लाग्दैन ।
अक्षय कुमार पहिलो पटक नेवी अफिसरको रुपमा देखिएका हुन् । उनको अभिनयले चलचित्रको शरीर हो । इशा गुप्ताले आफ्नो भुमिकालाई बोल्ड शैलीमा निर्वाहा गरेकी छिन् । इलियाना डिक्रुज, अर्जन बाजवा, पवन मल्होत्रा, कुमुद मिश्रालगायतका कलाकारको अभिनय पनि राम्रो छ ।

चलचित्रको पहिलो हाफ सामान्य कथामा नै वित्छ । दर्शकले दोश्रो हाफलाई पर्खिएका हुन्छन् । चलचित्रको कथा अदालतकै सेरोफेरोमा घुमेको छ । तर, अक्षयले जुन शैलीमा अदालतमा केस लडेका छन्, त्यसले दर्शकलाई वाँधेर राखेको छ ।

अक्षय अभिनित ‘बेबी, स्पेशल २६, एयरलिफ्ट’ जस्तो राष्ट्रियताको कथा यसमा लामो तरिकाले वुनिएको छैन । तर, अक्षयले विक्रमलाई मार्नुको पछाडि राष्ट्रियता र श्रीमती मुख्य कारण बनेको देखिन्छ । जसले गर्दा सटिक तरिकाले पनि अक्षयको यो चलचित्रमा राष्ट्रियताले स्थान पाएको छ ।

चलचित्रका गीतहरु उत्कृष्ट छन् । सामान्य कथालाई पनि रोचक र सस्पेन्स शैलीमा उतारिएको छ । दर्शकले सुरुवातमै रुस्तमले विक्रमलाई मारेको थाहा पाउछन् । तर, चलचित्रको अन्तिमसम्म पनि दर्शकलाई अक्षयको अदालतमा वकालतको शैलीले दोधारमा राखिदिन्छ, यो कथाको मुख्य बिशेषता हो ।

केही लामो, केही स्थानमा पट्यारलाग्दा दृश्यका बाबजुत ‘रुस्तम’ अक्षय कुमार अभिनित अर्को हेर्नलायक चलचित्र हो ।

विभिन्न भारतीय मिडियाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment