Comments Add Comment

नेविसंघमा उम्मेदवारी दर्ता भोलिलाई सर्‍यो

nebisang1

३० साउन, काठमाडौं । नेपाल विद्यार्थी संघको नयाँ नेतृत्वका लागि मनोनयन दर्ता सोमबारका लागि सरेको छ ।

रामचन्द्र पौडेल समूहले प्रतिनिधि छनौटलाई लिएर विरोध गरेको छ र, बहिस्कारको चेतावनी दिएको छ । लगतै निर्वाचन समितिले चुनावी कार्यतालिका परिवर्तन गरेको छ ।

नयाँ तालिका अनुसार सोमबार विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । यसअघि आइतबार दिउँसो ३ देखि ६ बजे तोकिएको थियो ।

प्रतिनिधि विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा नेविसंघ कार्यकर्ताहरुबीच झडप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment