Comments Add Comment

ऋतिकमाथि अक्षय कुमार हाबी, ‘रुस्तम’ले धेरै पछाडि छाड्यो ‘मोहेन्जे दारो’लाई

akshya and hritik
२ बर्षपछि नयाँ चलचित्रका साथ पर्दामा आएका बलिउड नायक ऋतिक रोशनको स्टारडमले यसपटक खासै काम गर्न सकेन । ऋतिक रोशनलाई २ बर्षपछि पनि पर्दामा हेर्न दर्शक खासै तयार नभएको चलचित्रको व्यापारले देखाउँछ ।

ऋतिक अभिनित चलचित्र ‘मोहेन्जो दारो’ले ३ दिनमा कमाएको रकम अक्षय कुमारको चलचित्र ‘रुस्तम’ले २ दिनमै कमाएको छ । शुक्रबार सामान्य सुरुवात गर्दै ‘मोहेन्जो दारो’ले ८.८७ करोड कमाएको थियो । शनिबार व्यापारमा केही वृद्धी भयो र चलचित्रले ९.६० करोड कमायो । आइतबार बिदाको दिन चलचित्रले १२.०७ करोड कमायो । अक्षय कुमारको चलचित्र ‘रुस्तम’ले शुक्रबार नै १४.११ करोडको व्यापार गरेको थियो । शनिबार यो चलचित्रको व्यापार १६.४३ करोडमा पुग्यो । २ दिनमै यो अक्षय अभिनित चलचित्रले ३०.५४ करोड कमाई गरेको थियो, जुन कमाई ऋतिकको चलचित्रले ३ दिनमा गर्न सकेको छ ।

आइतबार चलचित्रले २० करोड वरिपरीको व्यापार गरेको बताइएको छ । तर, यसको वास्तविक व्यापार सार्वजनिक भएको छैन । आज सोमबार बिदाको दिन भएकाले पनि दुबै चलचित्रलाई ठूलो फाइदा पुग्ने देखिएको छ । ऋतिकको चलचित्रले २६ सय हल पाउँदा अक्षयको चलचित्रले २२ सय हल पाएको थियो । भारतीय बक्स अफिसमा देखिएको यो अन्तरले अक्षयको स्टारडमको अगाडि ऋतिक फिक्का भएको प्रष्ट देखिन्छ ।

ट्रेड एक्सपर्टका अनुसार ‘रुस्तम’ १ सय करोडको आँकडामा पुग्ने देखिएको छ । ऋतिकको चलचित्रले सय करोड कमाउने संभावना न्यून रहेको विश्लेषण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment