Comments Add Comment

समुद्रमा खसेको ३८ घण्टापछि जिवितै उद्धार

ship३२ साउन, काठमाडौं ।  पानी जहाजबाट समुद्रमा खसेकी एक चिनियाँ महिलाको ३८ घण्टापछि जिवितै उद्धार गरिएको छ ।

चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार सांघाईकी फान नाम गरेकी महिला जहाँजबाट खसेकी थिइन् । उनी जहाजको चौथो ‘डेक’ बाट खसेकी थिइन् । जुन करिब ७ तले भवन जति अग्लो थियो ।

फान जहाजको डिलबाट समुद्रको दृश्य हेर्दै थिइन्, जतिखेर उनी पानीमा खसिन् । रिपोर्टहरु अनुसार ३१ वर्षीय फान समुन्द्रको कठिन संघर्षमा बच्न सफल भएकी हुन् ।

चिनियाँ सञ्चार माध्यमहरुका अनुसार समुन्द्रमा खसेकी उनले सुरुमा समाउनको लागि केही पाएकी थिइनन् । र, पानीमा बगेकी थिइन् । जब उनले माछा मार्ने एक जहाँज भेटिन् ।

जहाँजमै रहेका फानका आमा बुबाले कयौं घण्टासम्म आफ्नी छोरी राएको थाहा पाएका थिएनन् । जब फानका बाबुले आफ्नी छोरुकिो आवज फोनमा सुनेनन् तव सम्म छोरी जिवितै रहेकोमा उनलाई शंका थियो ।

उनी लामो समय समुन्द्रमा डुव्दा पनि सकुशल रहेन सकेकामा  सामाजिक सञ्जालहरुमा आश्चर्य व्यक्त गरिएको छ । जसलाई चमत्कारको संज्ञा दिइएको छ ।

रिपोर्टहरुका अनुसार फानले विश्वविद्यालयमा खोला सम्बन्धि अध्ययन गरेकी थिइन् । उनले पाँच वर्षको उमेरदेखि पौडी खेल्न थालेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment