Comments Add Comment

अक्षय कुमार र निरज पाण्डको फेरि सहकार्य, बन्ने भयो ‘क्र्याक’

crack poster
बलिउडमा अहिले नायक अक्षय कुमार र निर्देशक निरज पाण्डेको केमेष्ट्रीले धमाका नै मच्चाएको छ । ‘स्पेशल २६ र बेबी’ जस्ता सफल चलचित्र निर्देशन गरेका पाण्डेले अक्षय कुमारको साथ नछाड्ने संकेत दिएका छन् । किनकी, एकपछि अर्को चलचित्रलाई दर्शकले रुचाएका पनि छन् ।

निरज पाण्डेकै निर्माण रहेको चलचित्र ‘रुस्तम’ले अहिले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । निरजले विशेषगरि, आफ्नो चलचित्रमा देशभक्तिको कथालाई उठान गरेका हुन्छन् । जसलाई दर्शकले रुचाएका पनि छन् ।

नायक अक्षय कुमारले निरजसँग फेरि सहकार्य गर्न लागेको जानकारी दिएका छन् । सन् २०१७ को अगष्ट १५ मा रिलिज हुनेगरि नयाँ चलचित्रको घोषणा गरिएको छ । ‘क्र्याक’ नाममा बन्न लागेको चलचित्रमा निरजको निर्देशन र अक्षय कुमारको मुख्य भूमिका रहनेछ ।
चलचित्रमा अक्षयको भूमिका के हुने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment