Comments Add Comment

नेविसंघ महाधिवेशनः १२९ पदमा ६८५ उम्मेदवारी

सभापति पदमा ८ जनाको मनोनयन दर्ता

३२ साउन, काठमाडौं । नेविसंघको महाधिवेशनमा मतदानबाट चुनिने १२९ पदका लागि ६ सय ८५ जनाको उम्मेदवारी परेको छ ।

Nebisanghमतदानबाट एक सभापति, ११ उपसभापति, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना केन्द्रीय सदस्य चयन हुनेछन् । नेविसंघको जम्मा १ सय ५१ सदस्यीय कार्यसमितिमध्ये १२९ जना मतदानबाट र बाँकी मनोनित हुनेछन् ।

सभापतिको एक पदमा ८ जनाको उम्मेदवारी परेको छ । सभापतिमा नैनसिंह महर, मनोजमणि आचार्य, आनन्दराज त्रिपाठी, शुभराम बस्नेत, लक्ष्मण आचार्य, पदमराज पन्त, नगेन्द्रसिंह ठकुरी र बचन कार्कीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

नैनसिंह महर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाको पक्षको साझा उम्मेदवार हुन् । आचार्य र त्रिपाठी नेता रामचन्द्र पौडेल पक्षका र बस्नेत खुमबहादुर खड्का पक्षका हुन् ।

दुई महामन्त्री पदका लागि ५ जनाको उम्मेदवारी परेको छ भने एक कोषाध्यक्ष पदका लागि ४ जनाले उम्मेदवारी दर्ता गराएको केन्द्रीय निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार अपरान्ह १२ बजेसम्मको समय दिएको थियो ।

प्रतिनिधि छनोटको विवादका कारण महाधिवेशन उदघाटन भएको नवौ दिनमा बल्ल उम्मेदवारी दर्ता भएको छ । नौ वर्ष पछि आयोजित नेविसंघको महाधिवेशन कांग्रेस सभापति शेरबहादुर देउवाले यही साउन २३ गते भृकुटीमण्डपमा उदघाटन गरेका थिए ।

मतदानमा विद्युतीय मेसिन प्रयोग गरिने

निर्वाचन समितिका संयोजक खरेलले धेरै मतदाताले भोट दिने पद र क्षेत्रमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइने बताए । मतदानमा ४० वटा विद्युतीय मेसिन प्रयोग हुनेछन् ।

निर्वाचन समितिले बुधबार विहान ७ बजेदेखि साँझ ७ बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतदानको कार्यक्रम राखेको छ ।

विद्युतीय मेसिन प्रयोग हुने भएकाले नतिजा पनि चाँडै सार्बजनिक हुनेछ । नेविसंघको महाधिवेशन गराउने जिम्मा पाएको निर्देशन समितिले ३ हजार ७ सय ६० प्रतिनिधिहरुको नामावली सार्बजनिक गरेको थियो । तर, त्यसमा फर्जी प्रतिनिधि समावेश गरिएको भन्दै विवाद हुँदै आएको छ ।

बन्दसत्र नहुने

प्रतिनिधि विवादका कारण महाधिवेशन लम्बिएपछि बन्दसत्र नगरी एकैपटक निर्वाचन गर्न लागिएको हो । महाधिवेशनलाई नीति बनाउने थलोका रुपमा लिने गरिए पनि नेविसंघमा भने नीतिका लागि बहस नहुने भएको छ ।

बन्द सत्र नै नगरी बुधबार एकैपटक मतदान गरिने नेविसंघले जनाएको छ ।

उम्मेदवारको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment