Comments Add Comment

दुर्घटनाग्रस्त बस चालकको लाइसेन्स नै नक्कली !

१ भदौं, काठमाडौं ।  सोमबार काभ्रेको बिर्ता देउरालीमा दुर्घटनाग्रस्त बसचालको सवारी अनुमतिपत्र -लाइसेन्स) नक्कली भएको तथ्य खुलेको छ ।

Nepali-Drivers-Licence-302x177भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रमेश लेखकले पछिल्लो समय सडक दुर्घटना बढेपछि सरोकारवालासँग मन्त्रालयमै गरेको छलफलमा उक्त बसका चालकको लाइसेन्स नक्कली भएको खुलेको आजको राजधानी दैनिकमा समाचार छ ।

छलफलमा दिइएको सूचनाअनुसार सोमबार दुर्घटनामा परेको बसका चालकको लाइसेन्स नक्कली भएको फेला परेको छ

। बस चालकले प्रयोग गरेको अनुमति पत्र नम्बर यातायात व्यवस्था कार्यालयबाट अकैंको नाममा जारी भएको रेकर्डबाट फेला परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

पानी परेको समय, कच्ची उकाले भीरको बाटो भए पनि क्षताभन्दा तीन दोव्वर भारवहन र चालकको लापरबाहीकै कारण दुर्घटना निम्तिएको सरकोकार वालाको निष्कर्ष रहेको छ ।

वा ३ ख १०६ नम्बरको यात्रुबस सोमबार दिउँसो दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment