Comments Add Comment

यो अनौठो कुवाको पानी जसले छुन्छ, त्यो ढुंगा बन्छ

stoneदुनियामा केही यस्ता रहस्यहरु हुन्छन् जसको भेउ कहिल्यै पाउन सकिएको हुँदैन । बेलायतमा रहेको एउटा पानीको कुवा पनि दुनियाका नसुल्भिmएका रहस्य मध्ये एक हो ।

बेलायतको न्यर्जबरोमा रहेको उक्त कुवाको पानीमा डुब्ने जुनसुकै चिज पनि पत्थर बन्छ भनिन्छ । त्यसैले स्थानीय मानिसहरुले उक्त कुवालाई राक्षसी कुवा भन्दछन् ।

यो कुवामा खस्ने पात पतिंगरदेखि लिएर काठ र जिवजन्तु समेत केहीबेरपछि पत्थरमा बदलिन्छन् । नदीको किनारामा रहेकेा यो कुवाको नजिक जान मानिसहरु डराउँछन् । यदि कुवाको पानी झुक्किएर छोइएमा समेत आफु ढुंगा पो होइन्छ की भन्ने डर छ मानिसहरुमा ।

उक्त कुवा हेर्न आउने पर्यटकहरुले आफ्नो केही चिज कुवामा फ्याँकेर जान्छन् र उक्त फ्याँकेको चिज पत्थर बनेको हेर्नका लागि केही दिनपछि पुनः आउँछन् ।

उक्त कुवामा १८ औँ सताब्दीको भिक्टोरियन टप ह्याट देखि लिएर टेडी बियर, साइकल तथा कितली जस्ता चिजवस्तुहरु पूर्णरुमा पत्थरमा बदलिएको प्रमाण अझैपनि देख्न सकिन्छ ।

वैज्ञानिकहरका अनुसार यो कुवाको पानीमा त्यस्तो कुनै रासायनिक तत्व छ जसले कुनैपनि वस्तुलाई पत्थरमा परिणत गरिदिन्छ । तर त्यो के हो भन्ने रहस्यको पोको चाहीँ अझै फुकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment