Comments Add Comment

नेविसंघको मतदान सकियो, दिउँसोसम्म परिणाम आउने

nebisang_mahadibesan (2)२ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघको महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि मतदान सकिएको छ । हिजो अपरान्ह पौने १ बजेबाट सुरु भएको मतदान आज बिहान ८ बजे मात्र सकिएको हो ।

निर्वाचन सकिएसँगै केहिबेरमा मुचुल्का उठाउने तयारी निर्वाचन समितिले गरेको छ । मुचुल्का उठाएपछि मतगणना सुरु गरिने छ । विद्युतीय मतदान गरिएका कारण मतगणना सुरु भएको करिब दुई घण्टामा नै पूर्ण नतिजा सार्वजनिक निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा धेरै मतदाताले भोट दिन सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, खुला केन्द्रीय सदस्य लगायतका पदमा ३२ वटा  विद्युतीय उपकरणमार्फत मतदान गराइएको छ भने थोरै मतदाता रहेका सीटका लागि मतपत्रमार्फत भोट हाल्न लगाइएको थियो ।

मतदानबाट १ सभापति, ११ उपसभापति, २ महामन्त्री, १२ सहमहामन्त्री र १ जना कोषाध्यक्ष तथा ९६ जना केन्द्रीय सदस्य चुनिनेछन् । मधेसीतर्फका एक सहमहामन्त्री र ५ जना केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । ३ हजार ८ सय ५२ मतदाता  महाधिवेशनमा रछन् ।

नेतृत्वमा पुग्नका लागि सभापतिमा ७, उपसभापतिमा ५६, महामन्त्रीमा ५, सहमहामन्त्रीमा ६६, कोषध्यक्षमा ६ र केन्द्रीय सदस्यमा ४ सय ६५ जना उम्मेद्वार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment