Comments Add Comment

व्यापारमा ऋतिकलाई उछिने पनि अक्षय भन्छन्-‘म उनको बधाइको प्रतिक्षामा छु’

akshya and hritik
अहिले बलिउडमा नायक अक्षय कुमारको डिमाण्ड ह्वात्तै बढेको छ । अक्षयको यो बर्ष मात्र ३ वटा चलचित्र हिट भैसकेका छन् । पछिल्लोचलचित्र ‘रुस्तम’ को सफलतापछि अक्षय कुमारलाई बधाई दिनेहरु बढेका छन् । तर, अक्षयले अरुले दिएको बधाईलाई समान्य मान्दै भनेका छन्-‘मलाई ऋतिक रोशनको बधाईको खाँचो छ । म उनको बधाईको प्रतिक्षामा छु ।’

अक्षय कुमारको ‘रुस्तम’ले मंगलबारसम्म ७५ करोडको ब्यापार गरिरहँदा ऋतिक रोशन अभिनित ‘मोहन्जो दारो’ले ४ दिनमा ४० करोडको व्यापार गरेको छ । महंगो लगानीमा निर्माण भएको यो चलचित्रको लगानी नउठ्ने पक्का जस्तै छ ।

मंगलबारबाट चलचित्रको व्यापारमा गिरावट आएको छ । चलचित्रको ब्यापारमा यो अन्तर देखिएपनि ब्यापारकै कारण ब्यक्तिगत सम्बन्धमा कुनै असर नपर्ने अक्षयले बताए । उनले भने-‘चलचित्रको ब्यापारलाई हेरेर ब्यक्तिगत सम्बन्ध बिगार्नु बेबकुफी हो ।’ उनको भनाई अनुसार चलचित्र आउँछ जान्छ । त्यसले सम्बन्धमा कुनै असर पार्दैन ।

‘ऋतिक र म आज पनि राम्रा साथी हौं, हामी एक अर्कासँग कुरा मात्रै गर्दैनौ सँगै खाना पनि खान्छौं’, उनले भने । चलचित्र सफल हुनु र असफल हुनुमा भाग्यमा पनि विश्वास गर्छन् उनी । चलचित्र असफल हुँदा निराश र सफल हुँदा उत्साहित नहुन आग्रह गर्दै उनी भन्छन्-‘आज मेरो चलचित्र हिट भो अरु कसैको हिट हुन्छ । किन चिन्ता गर्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment