Comments Add Comment

ऋतिकको बधाइको प्रतिक्षामा अक्षय कुमार

akchya

मुम्बई । हिन्दी चलचित्र ‘रुस्तम’ को सफलतापछि अक्षय कुमारलाई बधाई दिनेहरु बढेका छन् । तर, अक्षयले अरुले दिएको बधाइलाई समान्य मान्दै भने ‘मलाई ऋतिक रोशनको बधाईको खाँचो छ । म उनको बधाईको प्रतिक्षामा छु’ ।

अक्षय कुमारको ‘रुस्तम’ ले ५० करोडको ब्यापार गरिरहँदा ऋतिक रोशन अभिनित ‘मोहनजो दारो’ ३० करोडवाट उकालो लाग्न सकेको छैन’ ।

फिल्मको ब्यापारमा यो अन्तर देखिएपनि फिल्मको ब्यापारकै कारण ब्यक्तिगत सम्बन्धमा कुनै असर नपर्ने अक्षयले बताए ‘फिल्मको ब्यापारलाई हेरेर ब्यक्तिगत सम्बन्ध बिगार्नु बेबकुफी हो’ अक्षयले भने ।

उनको भनाई अनुसार फिल्म आउछ जान्छ । त्यसले सम्बन्धमा कुनै असर पार्दैन ।

‘ऋतिक र म आज पनि राम्रा साथी हौं, हामी एक अर्कासंग कुरा मात्रै गर्दैनौ संगै खाना पनि खान्छौं’ ।

फिल्म सफल हुनु र असफल हुनुमा भाग्यमा पनि विश्वास गर्छन् उनी । फिल्म असफल हुँदा निराश र सफल हुँदा उत्साहित नहुन आग्रह गर्दै उनि भन्छन् ‘आज मेरो फिल्म हिट भो अरु कसैको हिट हुन्छ । किन चिन्ता गर्नु ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment