Comments Add Comment

दीपिका बन्ने भइन् रमेशकी ‘ऐश्वर्या’, के केकीलाई देलिन् त टक्कर ?

deepika in ramesh upreti film
नायक रमेश उप्रेतीले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘ऐश्वर्या’का लागि मुख्य भूमिकामा नायिका तय गरिएको छ । यो चलचित्रमा रमेशस“ग  दीपिका प्रसाइले रोमान्स गर्ने भएकी छिन् । चलचित्रलाई दिवाकर भट्टराइले निर्देशन गर्नेछन् ।

लामो समयदेखि चलचित्रको निर्माण टिमले नायिका खोजिरहेको थियो । २२ बर्षकी दीपिकाले चलचित्रमा सुपरमोडलको रुपमा काम गर्नेछिन् । वैष्णोदेवी फिल्मको ब्यानरमा बन्न लागेको यो चलचित्रमा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि निर्माताको रुपमा रहनेछन् । चलचित्रमा प्रशान्त ताम्रकार र केकी अधिकारी पहिलेदेखि नै फाइनल थिए ।

दीपिकाले अब चलचित्रको पर्दामा नायिका केकी अधिकारीलाई टक्कर दिनेछिन् । चलचित्रको शिर्षक अनुसार नै मुख्य नायिका पाइएकोमा रमेश र दिवाकर खुशी देखिएका छन् । भदौको अन्तिम साताबाट छायांकनमा जाने यो चलचित्रमा अर्जुन पोखरेलको संगीत, राजेश श्रेष्ठको छायांकन रहनेछ । दिवाकर आफैले चलचित्र लेखेका हुन् । रमेशका अनुसार चलचित्रको बजेट डेढ करोड छुट्टयाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment