Comments Add Comment

मन्त्री पठाउने विषयमा देउवासँग कुनै छलफल भएको छैनः पौडेल

Ramchandra Paudel४ भदौ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाैडेलले  मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताए । उनले भने “मन्त्री पठाउने विषयमा अहिलेसम्म कुनै छलफल भएको छैन ।”

पुष्पकमल दाहालको नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि त्यसयता पार्टीबाट क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा कुनै पनि छलफल नभएको  स्पष्ट पारे ।

मन्त्री पठाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गर्न आफू तयार रहेको भन्दै उनले भने “म सहयोग गर्न तयार छु, सहयोग लिनेले सहयोग लिनु पर्यो नि ।”

फरक प्रसङ्गमा उनले व्यवस्थाको टुङ्गो लाग्न नसक्दा नेपालपछि परेको बताउँदै चीन र रुसको उदाहरण हेरेर देशको विकास गर्नुपर्ने बताए ।  “हाम्रो पद्दति नै अस्थायी छ, जसले गर्दा ७० वर्षदेखि हामी पछाडि परेका छौँ” पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment