Comments Add Comment

अरबमा नेपाली ध्वजावाहकले पलायो आशाको त्यान्द्रो

दुबर्इमा हुने सोझो उडानबाट नेपाली कामदार लाभान्वित हुने

 

Nepal-Airlinesवैदेशिक रोजगारीका शिलशिलामा खाडी मुलुक कुवेतमा कार्यरत नेपालीहरूले कुबेतमा लामो समय बिताएका छन् र थुप्रै अनुभव संगालेका छन । तर, जन्मभूमि फर्किँदा सिधा उडान प्रयोग गर्ने कल्पना अहिलेसम्म कल्पनामै सीमित भएको छ ।

सस्तो र भनेको बखतमा टिकट पाएर जन्मभूमि नेपाल जान सजिलै पाए मात्रै पनि सन्तोष मान्नुपरेको छ कतारबाट फर्कने नेपालीहरूले । चाडपर्वका बेला जन्मभूमि फर्किँदा त जति परे पनि तिर्छु घर जान पाए हुन्थ्यो भनेर भगवान पुकार्दै ट्राभल एजेन्टलाई घन्टी घुमाउने र ट्राभल धाउने हामी जस्ता कुवेतमा कार्यरत नेपालीहरुको बाध्यता छ ।

तर, विगत ४ बर्षदेखि स्थगित भएको नेपाल एयरलाइन्सले बिहीबारदेखि पुनः दुबईबाट नेपाली ध्वाजावाहक विमान उडान गर्दा कुन चाहिँ प्रबासी नेपालीको मन खुशीले गदगद भएन होला र ?

नेपाल एयरलायन्सको यो शुरूवातले चुँडिन लागेको आशाको त्यान्द्रो फेरि जाग्न लागेको भान खाडीका अन्य मुलुकमा कार्यरत नेपालीहरुलाई गराएको छ ।

नेपाल एयरलाइन्सले काठमाडौंदुबईकाठमाडौं उडानबाट सालभरिमा ४० हजार ५ सय् २८ यात्रुलाई सेवा दिने र बार्षिक झण्डै १ अर्ब रुपैयाँ आम्दानी गर्ने उद्देश्य राखेको र यसबाट बैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई प्रत्यक्ष फाइदा पुग्ने एयरलाइन्सले अनुमानित लक्ष्य राखेको रहेछ ।

यसको फाइदा, सफलता र प्रतिफल भविष्यमा देख्न अवश्य पाइएला। नेपाल एयरलाइन्सले २०४१ सालमा सुरु गरेको दुवई उडान यात्रालाई विमान अभावले ०६९ सालमा २८ वर्षपछि बन्द गर्दा सबै क्षेत्रबाट आलोचनाका स्वरहरु गुन्जिएका थिए ।

तत्कालीन समयमा काठमाडौंकराँचीदुबई उडान भरेको एयरलाइन्सले दुईवटा बोइङ्ग खरिद गरेपछि युरोपको फ्राकंफर्टसम्म पुगेको रहेछ । त्यसताका बोइङ्ग काठमाडौंबाट दुबई हुँदै फ्राकंफर्ट पुग्ने र सोही रुट हुँदै फर्किने गर्दोरहेछ ।

अब भने सम्भव भएसम्म अधिकतम नेपाली कार्यरत मुलुकसम्म नेपाली ध्वाजावाहक विमानले उडान भरोस् भन्ने सबै प्रवासी नेपालीहरुका लागि चाहना बनेको छ । तर, यी चाहना पूरा हुन नेपाली राजनीतिले गर्दा सपना जस्तै पनि लाग्छ । तर पनि सपना देख्न पाइन्छ, आशा गर्न पाइन्छ, भरपर्न नसके पनि होइन र ? तर, आशा पनि मार्नुहुँदैन ।

के दुबईमा कार्यरत नेपालीहरुले फेरि आफ्नै राष्ट्रिय ध्वाजावाहक विमानमा यात्रा गर्न पाउँदा कुवेतबाट नेपाली ध्वाजावाहक विमान अर्थात नेपाल एयरलाइन्सले हामीलाई पनि जन्मभूमिको लागि कुनै दिन उडान भर्न सम्भव होला ? त्यो पनि अझै सिधै उडानको व्यवस्था होला ?आखिर त्यो पनि असम्भव त छैन नि । ६/६ महिनामा फेरिने सरकार अनि नीति नियम र पर्यटन तथा उड्यन मन्त्रालय अनि मन्त्री पिच्छेको नियम त्यसैले वेलाबखत प्रवासी नेपालीको खुशीमा तुषारो लागेको छ अन्यथा असम्भव भन्ने छँदै छैन । 

यसका लागि सरकारमा सामेल दलहरु, नेपाली नेताहरुका काम गर्ने कार्यशैलीमा परिवर्तन हुनु जरुरी छ । जनता र देशका लागि सोच्ने भन्दा आफु र आफ्ना परिवार आफ्नै आसेपासे बारेमा सोच्ने दिनको अन्त्य हुनुपर्छ । दिगो शान्ति स्थिर सरकार, विकासका लागि कार्ययोजना बनाई सुशासनयुक्त कार्यपालिका बनाउन जरुरी छ । अर्को कुरा वैदेशिक रोजगारीमा गएका नेपालीको रेमिट्यान्सले धानिएको मुलुक हाँक्ने नेताहरुले पनि गम्भीर भएर सोच्न जरुरी छ ।

हाम्रो चाहना भनेको अझ नेपालमा बिमानको संख्या थपियोस् युगौंयुग नेपाली ध्वजावाहक विदेशी भूमिमा पुगिरहुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment