Comments Add Comment

कलर्सलाई चाहियो कपिलको ‘कमेडी नाइट्स’

the kapil sharma show

हाँस्य कलाकार कपिल शर्मासँग लफडा परेपछि भारतको चर्चित च्यानल कलर्सले चर्चित शो ‘कमेडी नाइट्स लाइभ’ प्रशारण गरेको थियो । तर, अब कलर्स च्यानललाई फेरि कपिलकै साथ चाहिएको छ ।

कपिल अहिले सोनी च्यानलबाट ‘द कपिल शर्मा’ शो संचालन गरिरहेका छन् । यो शो सोनीको नम्बर १ शो बनिसकेको छ । शनिबार र आइतबार बेलुकी प्रशारण हुने यो शोले कलर्सको सोही समय प्रशारण हुने शोलाई उछिनेको छ । निरन्तर टीआरपीमा गिरावट आएपछि कलर्सले कपिलको पुरानो शोलाई फेरि प्रशारण गर्ने निर्णय गरेको छ । हरेक आइतबार टीआरपी बढाउनकै लागि ‘कमेडी नाइट्स विथ कपिल’ शो प्रशारण गर्ने तयारी गरिएको भारतीय मिडियाको भनाई छ ।

आइतबार कलर्सको टीआरपी भन्दा स्टार प्लस र सोनी च्यानलको टीआरपी उच्च देखिएको छ । यसैले कपिलको शोलाई प्रशारण गरेर कलर्सले टीआरपी बढाउने सोचाई राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment