Comments Add Comment

चलचित्र असफल भएपछि ‘मोहेन्जे दारो’ निर्देशकसँग ऋतिकको लफडा

hritik and aatusot
निर्देशक आशुतोष गोवारिकरले निर्देशन गरेको पछिल्लो चलचित्र ‘मोहेन्जे दारो’ बक्स अफिसमा पूर्ण रुपमा असफल भयो । यो चलचित्र किन चलेन भनेर यतिबेला विश्लेषण भैरहेको छ । २ बर्षपछि बलिउड नायक ऋतिक  राेशन पर्दामा देखिएपनि उनी चलेनन् ।

बक्स अफिसमा ६० करोडको व्यापार गर्दै असफल भएपछि यतिबेला ऋतिक र आशुतोषले एक अर्कालाई दोष दिइरहेका छन् । भारतीय मिडियाको दाबीलाई मान्ने हो भने ऋतिकले चलचित्र असफल भएपछि आशुतोषलाई एक भद्दा सन्देश मोबाइलमा पठाएका छन् । यो सन्देशमा उनले आशुतोषलाई नै चलचित्र असफलताको जड मानेका छन् । ऋतिकको सन्देश पाएका आशुतोषले पनि त्यस्तै भाषा शैलीको म्यासेज पठाएका छन् ।

चलचित्रको टिजर रिलिज हुँदा निर्देशक र नायक उत्साहित थिए । तर, चलचित्र बक्स अफिसमा नराम्रोसँग पिटिएपछि २ जना आरोप-प्रत्यारोपमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment