Comments Add Comment

सूचना नदिने बिरुद्ध कारबाही हुन्छः बाँस्कोटा

krishna hari baskota१० भदौ, काठमाडौं । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बाँस्कोटाले सार्वजनिक सरोकारका सूचना लुकाउनेहरु बिरुद्ध उजूरी परे कारबाहि प्रक्रिया अघि बढाइने बताएका छन् ।

सामुदायिक सूचना समाज पोखराले आयोजना गरेको कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले सूचना नदिनु भष्टाचार जस्तै अपराध भएको भन्दै आयोगमा उजूरी प्राप्त भए कारबाहिका लागि सिफारिस गर्ने बताएका हुन् ।

संविधानको धारा २७ ले सार्वजनिक सरोकारका हरेक सूचना माग्ने र पाउने कुरालाई मौलिक अधिकारमा राखेको भन्दै बास्कोटाले उजुरी हालेर सुचना आयोगलाई बोधार्थ पठाए बैधानीक लडाई लड्न तयार रहेको बताएका हुन् ।

कार्यक्रममा जिल्ला प्रसासन कार्यालय कास्कीका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले कास्की जिल्ला र आफ्नो कार्यालयमा सूचना प्रबाह गर्न ६ बुँदे प्रतिबद्धता पढेर सार्वजनिक गरेे । कार्यक्रमको अवसर पारेर सामुदायिक सूचना समाज, पोखराले प्रकाशन गरेको सूचना विशेष पुस्तक विमोचन तथा वितरण गरिएको थियो ।

कार्यक्रममा सामूदायिक सूचना समाजका अध्यक्ष दीपक आचार्यले सूचना अधिकारीको नियुक्ति मात्रैले आम जनताको सूचना पाउने हक पुरा नहुने भन्दै सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक सूचना समाज पोखराले विभिन्न व्यक्तिलाई पुरस्कार र अवार्डबाट सम्मानित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment