Comments Add Comment

साइलेन्ट मोडमा कतै छाड्नुभयो मोबाइल ? यी एपले पत्ता लगाइदिनेछन्

Mobile1कहिलेकाहीँ मोबाइल फोनलाई साइलेन्ट मोडमा राखेर कतै छाडिन्छ र जति खोज्दा पनि फेला पर्दैन । फोन गर्दा समेत घण्टी नबज्ने भएकाले फोन पत्ता लगाउन गाह्रो हुन्छ ।

यदि तपाइँ पनि आफ्नो स्मार्टफोन साइलेन्ट रहेको बेला कतै राखेर बिर्सिने र धुइँपत्ताल खोजेर दुख पाउने समस्याबाट गुजि्रनुभएको छ भने केही एपहरु तपाइँका लागि सहयोगी बन्नेछन् जसले कतै छाडिएका फोन पत्ता लगाउन सहयोग गर्नेछन् ।

क्लाप टू फाइन्ड एपः यो एपको मद्धतले तपाइँले आफ्नो स्मार्टफोनलाई ताली बजाएर खोज्न सक्नुहुन्छ । यो एपले अफलाइन समेत काम गर्छ । यसलाई सजिलैसँग गुगल प्लेस्टोरबाट निशुल्क डाउनलोड गर्न सकिन्छ ।

व्हिसल फोन फाइन्डर प्रो एपः यदि यो एप डाउनलोड गर्नुभयो भने तपाइँले सिठी बजाएर आफ्नो साइलेन्ट फोन खोज्न सक्नुहुन्छ । यो पनि गुगल प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न सकिन्छ ।

रिंग माइ ड्रोइडः यदि तपाइँले आफ्नो फोन साइलेन्समा राखेर भुल्ने बानी छ भने यो एप डाउनलोड गरिहाल्नुस् । तपाइँले आफ्नो कतै राखेको फोनमा मेसेज गरेसँगै तपाइाको फोन बज्दछ, र तपाइँले कतै राखेको फोन पत्ता लगाउन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment