Comments Add Comment

जीवन र संचिता भन्दैछन्-‘आँखालाई के दोष’, ‘राधा’को गीत हेर्नुहोस्

jiwan and sanchita
तिहारमा रिलिज हुने चलचित्र ‘राधा’मा समावेश ‘आँखालाई के दोष’ बोलको गीत रिलिज भएको छ । प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको आवाजमा समावेश यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत समावेश छ ।

चलचित्रको यो गीतमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेललाई फिचरिङ गरिएको छ । योगेश घिमिरेले निर्देशन गरेको चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।

यसअघि सार्वजनिक ‘छपक्कै फूल फूल्यो’ बोलको गीतले चर्चा पाइसकेको छ । भारतको दार्जलिङ स्थित विभिन्न रमणीय स्थानमा यो गीत छायांकन गरिएको छ । पारिवारिक कथामा यो चलचित्र निर्माण भएको निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment