Comments Add Comment

‘संविधान संशोधन गर्न साझा धारणा बनाउने काम सुरु’

१५ भदौ, चितवन । रक्षामन्त्री बालकृष्ण खाँडले संविधान संशोधनका लागि सरकारले गृहकार्य अघि बढाएको बताएका छन् । संविधान संशोधन गरी मधेसवादी दलका मागलाई सम्बोधन गरिने उनले बताए ।

Balkrishna-Khandचितवनमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस नेतासमेत रहेका मन्त्री खाँडले भने, ‘संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।’

मधेसवादी दलका माग सम्बोधन गरेपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुंगो लाग्ने मन्त्री खाँडले बताए ।

संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए । मन्त्री खाँडले संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास व्यक्त गरे ।

स्थानीय निकायको निर्वाचन समयमा नै हुने उनले दाबी गरे । राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए ।

मन्त्री खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताए । नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्‍याएको भूमिकाको उनले प्रशंसा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment