Comments Add Comment

एटलान्ट़ामा दक्षिण एसियाली सार्बजनिक पुस्तकालयको समुद्घाटन

south asian liberaryवाशिंगटन डिसी । अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा ” साउथ एसिएन पब्लिक लाइब्रेरी ” नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरिएको छ । सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ ।

यस बिशेष उद्घाटन समारोहमा सरकारी कर्मचारी,विशिष्ट व्यक्तित्वहरु र दक्षिण एसियाली मुलुकहरुको सामाजिक अगुवाहरुको उपस्थिति रहेको थियो ।

गत अगस्त २५ तारिख साझको समय पारेर परिचायत्मक कार्यक्रम गरि साँझ ६ बजेर ३० मिनेटमा फित्ता काटेर उद्घाटन गरिएको थियो ।  कार्यक्रम पश्च्यात मन्तव्यको कार्यक्रम राखिएको थियो ।

कार्यक्रमको सुरुवातमा सम्पूर्ण आगन्तुक महानुभाबहरुलाई डा सैबबा एर्कोट ले परिचय गराएका थिए भने स्वागत भाषण राजस्थान एसोसिएसन अफ जर्जिया का अध्यक्ष अशोक गोयलले गरेका थिए ।

कार्यक्रममा बिभिन्न व्यक्तिहरुले पुस्तकालयलाई पुस्तकहरु दिने प्रतिबद्धता जाहेर गरेका थिए भने यसै गरि नेपाल पर्यटन बोर्डका नव नियुक्त सम्मानार्थ पर्यटन दुत राजा घले र नासाका पुर्ब सभापति डा राम चन्द्र बरालले मन्तब्य राख्नुको साथै सय/सय वटा  किताब दिने प्रतिबद्दता जनाएका थिए ।

उक्त परियोजनाको लागि राजा घलेलाई प्रमाण पंत्र सहित सम्मान गरेको थियो ।  यस परियोजनाका संस्थापक तथा ट्रस्टी राम जान बिरानीले सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment