Comments Add Comment

करिना भन्छिन्-‘गर्भवती अवस्थाको इन्जोए गरिरहेकी छु’

kareena kapoor
आम भारतीय महिला गर्भवती अवस्थामा काम गर्न चाहदैनन् । तर नायिका करिना कपुर अहिले पनि आफ्नो काममा सक्रिय छिन् । मुम्बईमा आयोजित एक कार्यक्रममा मिडियाकर्मीसँग कुरा गर्दै करिनाले भनिन्-‘म एक कामकाजी महिला हुँ, जबसम्म काम पाउछु गरिरहन्छु ।’

गर्भवती अवस्थामा आराम गर्नुपर्ने प्रसंगमा उनको भनाई थियो-‘आराम गर्नुपर्छ तर, मिलाएर’ । दिउँसो काम गरेपछि राती आराम गर्ने गरेको उनको भनाई थियो । रातको आराम आफ्नो लागि काफी भएको उनको भनाई थियो ।

उनी अहिले जीन्दगीको नयाँ खालको आनन्द उपभोग गरेको दाबी गर्छिन् । ‘म अहिले गर्भवती अवस्थामा रमाइरहेकी छु ।’ त्यसो त उनलाई आफ्ना साथीहरुले पहिलाको तुलनामा अनुहारमा चमक बढेको प्रतिक्रिया दिएका छन् । उनको कपाल पनि अहिले निकै राम्रो भएको छ ।

करिना डिसेम्बरमा आमा बन्ने तयारीमा छिन् । तर, उनी नयाँ चलचित्रको छायांकन प्रारम्भ गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment