Comments Add Comment

प्रधानसेनापति ट्रफी खेलकुद सुरु

Pradhan-senapati-trophy-khe

१६ भदौ, काठमाडौं । नेपाली सेनाले हरेक बर्ष आयोजना गर्ने प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताको पछिल्लो संस्करण बुधबारदेखि सुरु भएको छ ।

बुधबार साँझ आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रतियोगिताको उदघाटन गरे ।

उदघाटन समारोहमा सहभागी ११ टिमले मार्चपास गरेका थिए भने ६ वटै पृतनाहरुको संयोजनमा फरक फरक जातजातीहरुको पहिचान र संस्कृति झल्कने विभिन्न भेषभुषामा झाँकी र नृत्यहरु प्रस्तुत गरिएको थियो ।

नेपाली सेनाको ६ वटा पृतनाहरु तथा मद्दती फौज, निर्देशनालय र बिशेष फौज गरी जम्मा १८ वटा टिम सहभागी रहेको उक्त प्रतियोगितामा एथ्लेटिक्स, स्विमिङ्ग, बक्सिङ्ग, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, हृयाण्डबल, साईक्लिङ्ग, कबड्डी लगायतका खेलहरु समावेश गरिएको छ । साथै, महिलाको सहभागिता बढाउने उद्धेश्यले यस बर्षबाट एथ्लेटिक्स तथा बक्सिङ तर्फ महिलाका केही इभेन्टस्हरु थपिएको छ ।

उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी उनीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्न २०६५ सालबाट सेनाले प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिताको आयोजना सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment