Comments Add Comment

संसदमा सत्ता पक्षबाटै सरकारको बिरोध

Samsad१७ भदौ, काठमाडौं ।  व्यवस्थापिका संसदको बिहीबारको बैठकमा सरकारको कामकारबाहीलाई लिएर विरोध भएको छ ।

विरोध गर्नेमा सत्ता पक्षधर सांसदहरु नै रहेका छन् । उनीहरुले सरकारको कामकारबाहीको आलोचना गरेका छन् ।

संसदको बैठकमा शून्य र विशेष समयमा बोल्दै सत्ता साझेदार दलकै सांसदले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको, भूकम्पपीडितलाई जाडोमा लगाउने लुगा उपलव्ध गराउन नसकेको र उपचारका नाममा लाखैं सरकारी रकम व्यक्तिलाई उपलव्ध गराएको भन्दै सरकारको आलोचना गरेका अाजको राजधानी दैनिकमा समाचार छ ।

सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रका नेतन अग्नी सापकोटाले सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको आरोप लगाए । त्यस्तै कांग्रेस सांसद रश्मी ठाकुरले विशिष्ट व्यक्तिहरुको उपचारका नाममा राज्यको ढुकुटीबाट लाखों रकम उपलव्ध गराउने कार्य रोक्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment