Comments Add Comment

मेस्सी अर्जेन्टिनाको जर्सीमा मैदान फर्किए, टिमलाई जिताए

messi१७ भदौ, काठमाडौं । अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका लिओनल मेस्सी फेरि अर्जेन्टिनाको जर्सीमा मैदान फर्किएका छन् र टिमलाई जित दिलाएका छन् ।

शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले मेस्सीकै गोलको मदतमा बलियो टोली उरुग्वेमाथि १-० को संघर्षपूर्ण जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले ४३ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।
तर, पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिना १० खेलाडीमा सिमित भयो । उसका डाइबालाले रातो कार्ड पाए ।

उरुग्वेेले यसको फाइदा उठाउन भने सकेन । अर्जेन्टिनामाथि दबाव बढाएपनि गोल गर्न सकेन । उसका लुइस स्वरेज र काभानीले गोलको प्रयास गरेपनि सफल भएनन् ।

५२ औं मिनेटमा मेस्सी दोस्रो गोल नजिक पुगेका थिए । उनको फ्रिकिक उरुग्वेका गोलकिपरले निकै मुस्किलले असफल पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment