Comments Add Comment

चलचित्रको कथा लेख्दै ऋतिकका २ छोरा

hritik with 2 son
हिन्दी चलचित्र ‘क्रिस-४’ को कथा लेखनमा ऋतिक राेशनका २ छोरा ऋहान र ऋदानले सहयोग गरिरहेका छन् । दुबै सुपरहिरो चलचित्रका फ्यान हुन् । ‘ब्याट्सम्यान भर्सेज सुपरम्यान, जंगल बुक, क्याप्टेन अमेरिका’ जस्तो साइन्स फिक्सन चलचित्र उनीहरुलाइ निकै मन पर्छ । वालवालिकाको चाहनालाई ध्यानमा राख्दै निर्देशक राकेश रोशनले कथा लेखिरहेका छन् ।

‘क्रिस’ सिरिजको पछिल्लो चलचित्रको आलेख राकेश रोशन, हनी इरानी, रबिन भट्ट र आकाश खुराना मिलेर लेखेका थिए । ‘क्रिस ४’ लाई निर्देशक राकेश बिल्कुल नयाँ शैलिको बनाउन चाहन्छन् ।

हलिउड शैलिको चलचित्र बनाउने तयारीमा रहेका राकेश वालवालिका र युवालाइ आकषिर्त गर्ने तरिकाको खोजीमा छन् । ‘बच्चाहरु कस्तो चलचित्र मन पराउँछन् म नातीहरुवाट बुझ्दैछु’ निर्देशक राकेशले भने ।

‘क्रिस-३’ रिलिजपछि देहरादुनका लेखक रुपकुमार सोनकरले राकेशको बिरुद्ध कपिराइट उलंघन गरेको भन्दै उजुरी गरेका थिए । उनले आफ्नो उपन्यासको केहि अंश चलचित्रमा राखेको अभियोग लगाएका थिए । तर, राकेशले आफूले कसैको कथा नचोरेको दावी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment