Comments Add Comment

महसुल नतिर्ने दुई सय १९ ग्राहकको विद्युत् लाइन काटियो

Bulb,-Bijuli१८ भदौ, बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडीले विद्युत् महसुल बुझाउन बाँकी ग्राहकको विद्युत् लाइन काटेको छ ।

गत जेठदेखि हालसम्म विद्युत् महसुल तिर्न बाँकी २१९ ग्राहकको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण बैतडीले जनाएको छ ।

ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि प्राधिकरण वितरण केन्द्र बैतडीले यस महिनामा मात्र ७२ ग्राहकको विद्युत् लाइन काटेको छ । ग्राहकले बक्यौता अर्थात् तिर्न बाँकी रकम नतिरेकाले विद्युत्को लाइन काटिएको प्राधिकरण बैतडीका लेखा प्रमुख उत्तम रेग्मीले बताए ।

विद्युत् महसुल नबुझाउनेमा सरकारी कार्यालय पनि छन् । महसुल नतिर्दा लाइन काटिएका ग्राहकले तुरुन्त बक्यौता रकम बुझाएमा लाइन पुनः जोड्न सकिने रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment