Comments Add Comment

सीटी सेन्टरमा रीमाको तीज रिमिक्स

remma biswokarma
सपिङ गर्न र घुम्न आएकाहरु शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा तीज गीतमा रमाए । गायिका नीशा देसारले ‘माइती घर’ बोलको आफ्नो तीज गीत प्रस्तुत गर्दा उनीसँगै महिला दर्शकले पनि माइती सम्भिmदै नाचे । ‘जमाना खराब छ’ र ‘अजनबी’ जस्ता गजलमार्फत चम्किएकी नीशाले आफ्नो पछिल्लो पप गीत ‘लत लाग्यो’ गाउँदा दर्शक उनीसँगै झुमे ।

नायिका तथा मोडल रीमा विश्वकर्मा लगायतका दर्जनौ कलाकारले तीज गीतमा आफ्नो प्रस्तुती मातर्फ मनोरञ्जन दिए । गायिका लाक्पा भुडियाको संयोजत्वमा आयोजित कार्यक्रममा रीमाले ‘आजभोली’ र तीज रिमिक्समा धमाका मच्चाइन् ।

कार्यक्रमको संयोजकसमेत रहेकी लाक्पाले आफ्नो नयाँ तीज गीत ‘झिल्के सारी’ र ‘चौबन्दीमा पटुकी’ लगायत गाइन् । योजना पुरी, अनु ढकाल, नित्यसिवा लगायतका गायिकाहरुको सहभागिता रहेको कार्यक्रममा परिवर्तन नेपाललगायतका कलाकारले तीज गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment