Comments Add Comment

मुगुबाट लोप हुदै केरा खेती

mugu१९ भदौ, मुगु । केराको भण्डार मानिने मुगु जिल्लाबाट केरा खेती लोप हुने भएको छ । जिल्लाको हृयाङ्लु गाँउमा विस्तारै केरा लोप हुदै जान थालेको छ । जसका कारण किसानहर चिन्तित भएका छन् ।

समुन्द्र सतहबाट करिव १ हजार २ सय पचास मिटर उचाँईमा रहेको हृयाङ्लु गाँउ मुगु जिल्लाकै होचो ठाँउ हो ।

विगतका बर्षहरुमा केरा बाटै घर खर्च जुटाउने हृयाङ्लुवासीको अहिले केरा खेती लोप हुन थाले आयश्रोत बन्द भएको छ ।

पहिले जुम्ला, हुम्ला, बाजुरा र मुगु जिल्लाका मानिसहरु केरा खरिद गर्न हृयाङ्लुमा दैनिक भिडभाड हुने गथ्र्यो । केरा बेचेर घरखर्च चलाउने उनीहरु अहिले आफै अन्यत्रबाट केरा किनेर ल्याउने गर्दछन ।

विगतमा जता ततै केरा घारी मात्र देखिने हृयाङ्लु गाँउमा अहिले फाट्ट फुट्ट मात्र केराका बोटहरु देख्न पाँइन्छ । फलेका केरा पनि साना र थोरै कोसालागेका देखिन्छन् ।  केरामा रोग लागेर एका एक बोटहरु सुक्न थाले पछि यहाँका मानिसहरु चिन्तित बनेका छन् ।

जलवायु परिवर्तनका कारण तापक्रम बढदै गएपछि स्थानीय अर्थात रैथाने जातको केरा लोप हुन गएको कुरा जलवायु परिवर्तन कार्यक्रम मुगु जिल्ला संयोजक हेमेन्द्र चौधरीले  बताए ।

केरा खेतिलाई पुनस्थापना गरि आय आर्जनको श्रोत जुटाइ दिन सरकार तथा सम्बन्धित निकाय संग हृयाङ्लुवासीको अनुरोध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment