Comments Add Comment

१८ महिनामा पनि सकिएन तीन किलोमिटर सडक कालोपत्र गर्ने काम

road-1२० भदौ, पर्वत,। पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ ।

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालनमा रहेको पुरानो सडक भत्काएर नयाँ काम सुरु गरे पनि समयमा स्तरोन्नतिको काम नहुँदा यात्रुलाई सास्ती भएको हो । निर्माण कम्पनीले सडक बिगारेपछि समयमा मर्मत नगराउँदा सवारी चालक तथा यात्रुलाई एक किलोमिटर सडक पार गर्न एक घन्टा लाग्ने गरेको छ ।

जिल्लाको दोबिल्ला–फलेवास सडक निर्माणका लागि आर्थिक वर्ष २०७१÷७२ मा जयबाबा गोरख, ओखलढुङ्गा जेभीले ठेक्का लिएर काम सुरु गरेकामा एक किलोमिटर कालोपत्र गरेको छ भने फेवा आशिष नयाँबाटो जेभी निर्माण कम्पनीले जिम्मा लिएको काम अलपत्र अवस्थामा छाड्दा समस्या भएको हो ।

दुवै निर्माण कम्पनीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अनन्त बरालले जानकारी दिए ।  तीन किलोमिटर सडक झन्डै डेढ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो ।

त्यस्तै थप सात किलोमिटरका लागि करिब रु १६ करोडमा ठेक्का सम्झौता भएको बरालको भनाइ छ ।
जिल्लाको सबैभन्दा पहिले ट्र्याक ओपन गरिएको उक्त सडक ग्रामीण सडकमध्ये पहिलोपटक कालोपत्र हुन लागेको भए पनि समयमा काम नहुँदा यात्रुलाई हुनसम्म सास्ती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment