Comments Add Comment

सप्तरीमा माओवादीभित्र भाँडभैलो !

 

२० भदौ, सप्तरी । तत्कालीन नेकपा माओवादीबाट विभिन्न नेताहरु अलग भएर छुट्टाछुट्टै माओवादी बनाए । विभिन्न पटक माओवादी फ्ट्दै जाँदा केही महिना अघिसम्म यो पार्टीको नाम एकीकृत नेकपा माओवादी राखियो । अलग भएकामध्ये केही नेता पुनः पार्टीमा प्रवेश गरेपछि पार्टीको नाम परिवर्तन भएको छ र माओवादी केन्द्र बनेको छ ।

UCPN-Maoistनेकपा माओवादी केन्द्र नाम राखिएको यो पार्टीको विभिन्न जिल्लामा एकता सम्मेलन भइरहेको छ । पार्टीका साथै भ्रातृ संगठनहरु पनि एकता सम्मेलन गरेर एकजुट बन्ने प्रयासमा छन् ।

प्रचण्ड नेतृत्वको माओवादी, मातृका यादव नेतृत्वको माओवादी, बैद्यलाई छोडेर आएका विभिन्न नेताका संगठन र कार्यकर्ताबीच एकता भइरहेको छ । तर, एकता सम्मेलनको नाममा सप्तरीमा फुट भइरहेको छ । एकताको सन्देश दिनका लागि भ्रातृ संगठनहरुको सम्मेलन हुँदै आएपनि एकता नभई फुट हुँदै आएको छ ।

यो पार्टीको विभिन्न भ्रातृ संगठनले एकता सम्मेलन गरेलगत्तै विज्ञप्तिबाजी शुरु भएको छ । एक पक्षले विज्ञप्ति निकालेको भोलिपल्टै अर्काे पक्षले विज्ञप्ति जारी गरेर आफूलाई चोख्याउन र अरुलाई दोषी देखाइरहेका छन् ।

नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को काठमाडौंमा बसेको बैठकले सप्तरीमा गठन भएका समितिहरु अवैधानिक रहेको भन्दै १६ भदौमा समाचार बाहिर आएलगत्तै १७ भदौमा ती समितिका पदाधिकारीहरुले यस्तो निर्णय नै नभएको र केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरेको जनाएका छन् ।

प्रेस सेन्टर नेपाल सप्तरीका अध्यक्ष राजु विश्वकर्मा, अखिल नेपाल खेलकुद महासंघ सप्तरीका संयोजक अनिल चौधरी र अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघ सप्तरीका अध्यक्ष रामचन्द्र यादवले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालय बैठकमा पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नै नभएको दावी गरेका छन् ।

नेताहरुको जुँगाको लडाइँ

प्रदेश नम्बर २ को बैठकमा भएका निर्णय पोलिटव्यूरो सदस्य महेश यादवको हवाला दिदैं बाहिर आएको थियो । यादवकै भनाइ अनुसार सप्तरीमा गठन भएका कुनै पनि समिति वैधानिक नरहेको उल्लेख गरिएको थियो ।

माउ पार्टी केन्द्रले राजु विश्वकर्माको नेतृत्वमा गठन गरेको प्रेस सेन्टर नेपाल, रामचन्द्र यादवको नेतृत्वमा गठन गरिएको विद्युतीय रिक्सा मजदुर संघ र अनिल चौधरीको नृतत्वमा गठन गरिएको अखिल नेपाल खेलकुद महासंघ पुर्ण रुपमा अवैधानिक तथा पार्टीको नीति विपरितको कार्य भएको ठहर बैठकले गरेको यादवले समाचारहरुहमा जनाएका थिए ।

तर यी समितिका अध्यक्षहरुले जारी गरेको बिज्ञप्तीमा पनि नेताहरुकै हवाला दिइएको छ । पार्टीका अर्का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्रीद्वय उमेश यादव र विश्वनाथ साहले बैठकमा यस सम्बन्धी कुनै निर्णय नै नभएको बताएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महेश यादव मातृका यादव निकट मानिन्छन् । मातृका यादव प्रचण्डसँग मिलेलगत्तै महेश पोलिटव्यूरो सदस्य बनेका हुन् । उमेश र विश्वनाथ प्रचण्ड निकट मानिन्छन् ।

समाचारमा उल्लेख भएजस्तो नेकपा (माओावदी केन्द्र) प्रदेश नं. २ को सचिवालय बैठकमा जिल्ला जिल्लामा एकता भेला तथा प्रशिक्षण चलाउने निर्णय गरे पनि पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नै नभएको बिषयलाई केही व्यक्तिहरुले पार्टीको निर्णय भन्दै प्रचारबाजी गरिएको भन्दै समितिका अध्यक्षहरुले खेद व्यक्त समेत गरेका छन् ।

यसैबीच उमेशयादव निकट मानिएका मजदूर नेता केदार देवले अखिल नेपाल बिद्युतीय रिक्सा श्रमिक संघलाई मान्यता दिने वा नदिने अधिकार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्र, प्रदेश र जिल्ला समितिको क्षेत्राधिकार भित्र रहेको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष रहेका उनले बिज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रको प्रदेश नम्बर २ को सचिवालय बैठकमा पार्टीको पेशागत तथा जनवर्गीय संगठनहरुको बिषयमा कुनै किसिमको छलफल नभएको पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री उमेश कुमार यादवबाट जानकारी प्राप्त भएको बताएका छन् ।

देवले यस्तो विज्ञप्ति जारी गरेको भोलिपल्टै अर्काे पक्षका मजदूरहरुको भेला बसेर छुट्टै अखिल नेपाल ट्रेड युनियन महासंघ बनाइएको छ ।

नेकपा (माओवादी) केन्द्रका पि.वी.एम तथा २. नं. क्षेत्रका सांसद अशोककुमार मण्डल “अमर” प्रमुख रहेको अतिथि रहेको भेलाले रामचन्द्र यादवको अध्यक्षतामा एक सय १ सदस्यीय अखिल नेपाल ट्रेड युनियन महासंघ सप्तरी गठन गरिएको छ ।

समितिमा उपाध्यक्ष सिफेट मण्डल, भोलाप्रसाद यादव, सचिव जुगेश्वर सरदार, सहसचिव डम्बर यादव र कोषाध्यक्ष श्रीप्रसाद सदा रहेका छन् ।

सदस्यहरुमा उपेन्द्र सदा, दशरथ सदा, उमेश सदा, शंकर सदा, कमल सदा, नारायण सदा, हरि सदा, विशु सदा, शम्भु यादव, काली चरण सदा, अशोक सदा, अशोक सदा, बिनोद चौधरी, अशोक खंग, महेन्द्र यादव, कारी सदा, शेखर सिंह, लल्कु सदा, राजु सदा, हरेराम यादव, कामेश्वर सदा, रामेश्वर सदा, संतोष सदा, बद्री सदा, अरुण सदा, शिवा साह, सुरेश सदा लगायत रहेका छन् ।

भेलाको उद्घाटन गर्दै सांसद मण्डलले जिल्लामा हालै एक पक्ष मनपरी तथा एक पक्षीय ढंगले जनवर्गिय तथा पेशागत संगठनहरुको गठन अमान्य र अवैधानिक भएको बताउँदै त्यस्ता समितिलाई पार्टीले मान्यता नदिने बताए ।

उनले जिल्लामा नेकपा (माओवादी केन्द्र) मा एकीकरण सबै पक्षलाई नसमेटी एक पक्षीय ढंगले गठन गरिएको विभिन्न समितिलाई पार्टीले अवैध भन्दै त्यस्ता समितिलाई मान्यता नदिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment