Comments Add Comment

कोरियामा बिरामी पर्नुभो ? अब नेपालबाटै ‘टेलीमेडिसिन’ सेवा पाउनुहुनेछ !

कोरियामा कार्यरत नेपालीलाई हेर्ने जिम्मा पाटन अस्पताललाई

telemedpic2-26२४ भदौ, काठमाडौं । कोरियामा कार्यरत नेपालीहरुलाई नेपालबाटै स्वास्थ्य तथा मनोसामाजिक परामर्श दिइने भएको छ । कोरियामा कार्यरत धेरै नेपालीहरुमा स्वास्थ्य समस्या देखिएपछि सरकारले नेपालबाटै टेलीमेडिसन मार्फत स्वास्थ्य परामर्श दिने तयारी गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको इपीएस कोरिया शाखाले कोरियामा कार्यरत नेपालीलाई सहयोग पुग्ने गरी स्वास्थ्य परामर्शका लागि अध्ययन थालेको छ ।

पछिल्लो समयमा कोरियामा नेपाली कामदार डिप्रेसनमा जाने समस्या बढेको छ । त्यसैकारण कोरियामा कार्यरत नेपालीको आत्महत्या दर पनि बढेको छ

समितिले यसबारे कोरिया जानुअघि मेडिकल परीक्षण गर्ने चारवटा अस्पतालहरुसँग छलफल गरेको छ । यस्तो सेवा सुरु गर्न टेकु, पाटन, नेपाल कोरियामैत्री र निजामती अस्पताल सहमत भएका छन् ।

कुन विधिबाट कसरी त्यहाँका नेपालीलाई स्वास्थ्य परामर्श दिने भन्ने विषयमा अध्ययन गर्न इपीएस शाखाले पाटन अस्पताललाई जिम्मा दिएको छ ।

पछिल्लो समयमा कोरियामा नेपालीहरुमा शारीरिक तथा मानसिक स्वास्थ्य समस्या बढिरहेको छ । केही समयअघि  नेपाली दूतावासले गरेको स्वास्थ्य परीक्षण शिविरमा पाँचसय भन्दा बढी नेपाली सहभागी भएका थिए ।

कोरियाका डाक्टरहरुसँग स्वास्थ्य परीक्षण गराउन नेपाली कामदारलाई प्रमुख रुपमा भाषाको समस्या पर्ने गरेको छ । आफ्नो समस्या भाषाकै कारण व्यक्त गर्न असजिलो हुँदा स्वास्थ्य समयमा समाधान हुने भन्द बढ्ने क्रममा रहेको शाखाले जनाएको छ ।

पछिल्लो समयमा कोरियामा नेपाली कामदार डिप्रेसनमा जाने समस्या बढेको छ । त्यसैकारण कोरियामा कार्यरत नेपालीको आत्महत्या दर पनि बढेको छ ।

‘कोरियामा अस्पतालमा पुग्दा पनि नेपाली कामदारको खास स्वास्थ्य समयमा पहिचान नभएको पाइएको छ । यो मूललतः भाषाकै समस्याका कारण हो,’ इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले भने,’त्यसैले हामीले यहीँबाट अनलाइन वा टेलिमेडिसिन प्रविधिको प्रयोग गरेर नेपालीको समस्या समाधानका लागि प्रयत्न गर्न लागेका हौं ।’

यसमा लागि हप्तामा केही दिनहरु तोकेर नेपालका डाक्टरहरुसँग नै कामदारको कुरा गराउने र समस्या सुन्ने व्यवस्था गरिनेछ । यसपछि कामदारको अवस्थाअनुसार समस्याबारे डाक्टरले सुझाव दिने र कोरियाका डाक्टरसँग परामर्श गराउने वातावरण बनाउने योजना छ ।

पाटन अस्पतालले यो परामर्शको योजना कसरी सफल बनाउने र यसका लागि के-कस्तो पूर्वाधार चाहन्छि भन्नेबारे अध्ययन गर्नेछ ।

सबै तयारी सकिएपछि शाखाले दिनअनुसार विशेषज्ञ डाक्टरको क्यालेन्डर तयार गरेर सार्वजनिक गर्नेछ । त्यसैअनुरुप कामदारले आफ्नो समस्या प्रत्यक्ष रुपमा डाक्टरसँग राख्न पाउनेछन्

उसले दिने प्रतिवेदनकै आधारमा सरकारले कोरियका नेपालीका लागि पराशर्म डेस्क खोल्नेछ । जसमा नपाली डाक्टरहरु रहनेछन् र कामदारलाई परामर्श दिनेछन् ।

कामदारलाई परामर्शका लागि दिनअनुसार समय तोकिनेछ । आफ्नो स्वास्थ्य समस्याको प्रकृतिअनुसार तोकिएको दिनमा नेपाली डाक्टरसँग कामदारले परामर्श गर्न सक्नेछन् ।

सबै तयारी सकिएपछि शाखाले दिनअनुसार विशेषज्ञ डाक्टरको क्यालेन्डर तयार गरेर सार्वजनिक गर्नेछ । त्यसैअनुरुप कामदारले आफ्नो समस्या प्रत्यक्ष रुपमा डाक्टरसँग राख्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment