Comments Add Comment

‘छक्का पन्जा’ हेर्न ओली, खनाल र नेपाल हलमा

kp oli watched chakka panja (3)
दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा’ हेर्न तीन पूर्व प्रधानमन्त्रीहरु एकैसाथ हलमा पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र माधव कुमार नेपालले एकैसाथ चलचित्र हेरेका हुन् ।

चलचित्र हेरिसकेपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फिल्म राम्रो तर ‘छक्का पञ्जा’ नाम नराम्रो भन्दै ठट्यौली प्रतिक्रिया दिए । ‘मुन्द्रे, माग्ने, दीपक-दीपा भएको चलचित्रले नहँसाउने त कुरै भएन’ ओलीले भने ‘नाम छक्का पञ्जा भए पनि चलचित्रमा सन्देश र मनोरञ्जनको गतिलो संयोजन रहेछ ।’
kp oli watched chakka panja (1) kp oli watched chakka panja (4)
पूर्व प्रधानमन्त्री झलनाथ खनालले चलचित्रले संवाद नै पिच्छे हसाँएको प्रतिक्रिया दिए । ‘राम्रैसँग हाँसियो तर वैदेशीक रोजगारीले ल्याएको सामाजिक समस्यालाई चलचित्रमा हेर्दा विक्षिप्त हुन पनि बाध्य गरायो’ खनालले भने ।

अर्का पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि चलचित्रको प्रशंसा गरेका छन् । एमाले केन्द्रिय कमिटिका करिब एक दर्जन नेता चलचित्र हेर्न एकसाथ सिटी सेन्टर पुगेका थिए ।

यस्तै, हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि पूर्व प्रधानमन्त्रीहरुसँगै बसेर चलचित्र हेरेका थिए । आफ्नो पथमा रहेका हाँस्य कलाकारले निर्माण गरेका चलचित्रले दर्शकको मन जित्दा आफुलाई निकै खुशी लागेका उनीहरुले बताएका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको यो चलचित्रले बम्पर ओपनिङ गरेको छ । चलचित्रले शुक्रबार र शनिबार मात्रै १ करोड २० लाख माथिको कारोवार गरेको छ । वर्ड अफ माउथ उच्च भएकाले पनि चलचित्रको व्यापार लामो समयसम्म हुने विश्लेषण गरिएको छ ।

तस्विरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment