Comments Add Comment

एमालेलाई देखाएर सरकारले जालझेल गरेको मधेसी मोर्चाको आरोप

महेन्द्र यादव भन्छन्-प्रचण्डले झुक्याए

२९ भदौ, काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले प्रमुख विपक्षी नेकपा एमालेलाई देखाएर सत्तारुढ कांग्रेस-माओवादी गठबन्धनले मधेसको मुद्दामाथि जालझेल गर्न थालेको आरोप लगाएको छ ।

Mahendra-Raya-Yadavप्रधानमन्त्री प्रचण्डले भारत जानु अघि संविधान संशोधन गर्ने बाचा पूरा नगरेपछि मधेसी मोर्चा सशंकीत भएको छ । यद्यपि औपचारिक-अनौपचारिक सम्वाद चलिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले बुधबार दिउँसो १ बजे पनि मधेसी मोर्चा र गठवन्धनका नेताहरुलाई छलफलमा बोलाएका छन् ।

तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणअघि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने भनेर झुक्याएको आरोप लगाए ।

सत्ता पक्षको कारण संविधान संशोधनमा ढिलाई भइरहेको भन्दै अब धेरै पर्खिने अवस्था नरहेको बताए । उनले भने, ‘भारत भ्रमणमा जानुअघि संविधान संशोधन मस्यौदा ल्याउने भन्नु भएको थियो । तर, अहिले कांग्रेस र माओवादीकै कुरा मिलेको छैन ।’

एमालेले संविधान संशोधन नचाहेको भनेर सरकार र सत्तारुढ गठबन्धनले आफ्नो जालझेल प्रदर्शन गरेको उनको आरोप छ । यादवले भने, ‘उहाँहरु ठोस प्रस्ताव ल्याउन चाहनुभएको छैन । एमालेको नाममा सरकारले जालझेल गर्दैछ । अहिले एमालेलाई दोष दिने ठाउँ छैन ।’

पहिले कांग्रेस-माओवादीबीच सहमति भएर मधेसी मोर्चासँग संविधान संशोधनमा सहमति हुनुपर्ने मोर्चाका नेताहरु बताउँछन् । ‘हामी र सत्तारुढ गठबन्धनबीच कुरा मिलेपछि एमालेसँग छलफल गर्ने हो, मलाई लाग्छ एमाले विपक्षमा जाँदैन,’ तमसपा अध्यक्ष यादवले भने ।

त्यसो त संविधान संशोधनबारे गृहकार्य गर्न भनेर संघीय गठवन्धनले मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा कार्यदल बनाएको थियो । तर, नेताहरुबीच गठवन्धन कि मधेसी मोर्चा भन्ने विवाद देखिएपछि कार्यदलले काम नै गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment