Comments Add Comment

चुरोटको धुवाँले बालबालिकामा दीर्घकालीन असर

काठमाडौ । धुमपान सेवन गरिरहेकाहरुको नजिकमा रहने बालबालिकामा स्वास प्रस्वास, मुटु लगायत विभिन्न दीर्घकालीन रोगको जोखिममा रहने एक अध्ययनले देखाएको छ ।

Smoking-near-childrenभारतीय मूलका अनुसन्धानकर्ताले गरेको उक्त अध्ययनले चुरोट सेवनका क्रममा धुवाँमा हुने निकोटिन लगायतको उच्च मात्राको विषादीले बालबालिकाको रत्तलनलीमा प्रत्यक्ष असर पार्ने जनाएको छ ।

‘स्वासप्रस्वासका क्रममा अप्रत्यक्ष रुपमा चुरोटको धुवाँ सेवन गर्ने बालबालिकामा मुटुले राम्ररी काम नगर्नाले तथा रक्तनली कडा हुनाले प्रारम्भिक चरणमै मुुटुको समस्या हुन पुग्छ’, अमेरिकाको मिसौरीस्थित चिल्डे्रन्स मर्सी हस्पिटलकी बाल मुटु रोग विशेषज्ञ गीता रघुबीरले भनिन् ।

अमेरिकन हार्ट एशोसियनले निकालेको विज्ञप्तिमार्फत उनले चुरोटको धुवाँको संक्रमणका कारण कहिलेकाहीँ आमाको पेटमा रहेका नवजात शिशुको अकस्मात् मृत्यु हुने गरेको बताइन् ।

उनका अनुसार वयश्कको तुुलनामा नवजात शिशुहरुले चुरोटको धुवाबाट निस्कने सुर्तीलाई आफ्नो वरिपरि सहन गर्न सक्दैनन् र उनीहरु भौतिक रुपमा धुमपानको असरमा पर्ने गर्छन् ।

चुरोटमा विभिन्न रसायन प्रयोग गरिन्छ, जसले हृदयको तालमा परिवर्तन गरी मुटुमा रक्तचाप, रक्त नली लगायतका विभिन्न समस्या उत्पन्न गराउँछ ।

यसबाहेक चुरोट असरले मुटु सम्बन्धी अन्य समस्या लगायत उच्च कोलेस्ट्रोल, मोटोपना, इन्सुलिन प्रतिरोधलाई पनि असर पार्छ जुन मधुमेहसित सम्बन्धित छ ।

सन २०११-१२ मा करिब तीन वर्षदेखि एघार वर्ष समूहका बालबालिकामा गरिएको एक रगत जाँचका क्रममा उनीहरुमा कोटिनिन् (निकोटिन मेटाबोलाइट)को मात्रा ४१ प्रतिशत रहेको पाइएको थियो, भने १२ देखि १९ वर्ष समुहमा यसको मात्रा ३४ प्रतिशत रहेको थियो ।

पछिल्लो दशकहरुमा वयश्क तथा अन्य उमेर समुहका मानिसले चुरोट सेवनमा देखिएको गिरावटका बाबजुद यो नतिजा देखिएकेा थियो ।

अनुसन्धानकर्ताका अनुसार यो असमानता साथीहरुसितको तुलनामा गरीव परिवार बीच स्पष्ट देखिएको थियो ।

‘धुमपानले बालबालिकाको स्वास्थ्यमा दीर्घकालीन असर पार्नुका साथै उनीहरुको जीवन समेत छोट्याउन सछ, त्यसैले बालबालिकालाई धुमपानरहित वातावरणमा बाँच्न दिन अभिभावकहरुले पनि सोच्ने बेला आएको छ’, गीताले भनिन् ।

गीताले वयष्कहरुलाई धुमपान त्याग्न प्रोत्साहन गर्नु सकेमा यसले पैसा तथा स्वाथ्य दुवै बचाउन सकिने बताउँदै चुरोट सेवनलाई निरुत्साहित गर्न यसमा लाग्ने करलाई बढाउन सके यो उपयोगी बन्न सक्ने बताइन् ।

उनको यो भनाइ ‘सर्कुलेसन’ नामक जर्नलमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment