Comments Add Comment

भारतीय गोरखा सैनिकमा ५० प्रतिशत मधेसी हुनुपर्छः यादव

दुई लाख मधेसी युवालाई सीपमूलक तालिमको माग

२९ भदौ, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डलाई एकजना मधेसी नेताले भारतीय गोर्खा रेजिमेन्टमा ५० प्रतिशत मधेसको प्रतिनिधित्वबारे भारतसँग प्रस्ताव राख्न माग गरेका छन् ।

Mahendra-Raya-Yadavबालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा मधेसी मोर्चाका नेता एवं तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र राय यादवले यस्तो माग गरेका हुन् ।

यादवले भारतीय गोरखा सैनिकमा मधेसीलाई भर्ती गर्नेबारे प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नुपर्ने सुझाव दिए ।

बैठकमा आफूले राखेको सुझावबारे जानकारी दिँदै यादवले अनलाइनखबरसँग भने- ‘भारतीय गोरखा रेजिमेन्टमा मधेसीहरुको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । भारतीय गोरखा सेनामा ५० प्रतिशत मधेसीको प्रतिनिधित्वबारे मोदीसँग कुरा गर्न मैले प्रचण्डलाई सुझाव दिएको छु ।’

नेपालीहरुलाई भारतीय रेजिमेन्टमा भर्ना गर्नेबार बृटिसका पालामा सम्झौता भएको बताउँदै यादवले राणा वा राजतन्त्र अन्त्य भई गणतन्त्रसमेत आइसकेको अवस्थामा अब भारतले मधेसीलाई पनि समानुपातिक प्रतिनिधित्वका आधारमा आफ्नो सेनामा भर्ती खोल्नुपर्ने तर्क गरे ।

यादवले अनलाइनखबरसँग भने- ‘भारत स्वतन्त्र भएपछि पनि उनी रेजिमेन्ट छ, नेपाल संघीय भइसकेपछि अब समानुपातिक प्रतिनिधित्व हुनुपर्छ, ५० प्रतिशत मधेसीले भर्ती हुन पाउनुपर्छ ।’

२० लाख युवालाई तालिम

यसैवीच सदभावना नेता यादवले हालै प्रधानमन्त्री प्रचण्डले ५ लाख युवालाई सीपमूलक तालिम दिने भनेकोमा त्यबाट दुईलाख मधेसीलाई तालिमको व्यवस्था हुनुपर्ने माग गरे । भारतले दिने सहयोगका आधारमा त्यस्तो तालिम दिइने हो भने त्यसबाट ५० प्रतिशत मधेसीले हक पाउनुपर्ने यादवले माग गरे ।

यसबारे थप स्पस्ष्ट पार्दै यादवले अनलाइनखबरसँग भने-‘भारतले दिनुुे ऋणको भार मधेस र पहाड सबैतिरका जनतालाई पर्छ, त्यसैले त्यसको हिस्सा मधेसले पनि पाउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले मंगलबार बालुवाटारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक राखेर भारत भ्रमणबारे सुझाव मागेका थिए । सो बैठकमा माधव नेपाल, विजयकुमार गच्छदार, अशोक राई लगायतका नेताहरु उउपस्थित थिए ।

प्रधानमन्त्रीले भारत जाने अघिल्लो दिन बुधबार दिउँसो बालुवाटारमा मधेसी मोर्चाका नेताहरुसँग थप छलफल गर्दैछन् । तर, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव बिराटनगरमा छन् । उनी बेलुका मात्रै काठमाडौं आउने कार्यक्रम छ ।

यो पनि पढ्नुस्

एमालेलाई देखाएर सरकारले जालझेल गरेको मधेसी मोर्चाको आरोप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment