Comments Add Comment

संघीय गठवन्धन भर्सेज मधेसी मोर्चाको विवाद उत्कर्षमा

Federal-Alliance

२ असोज, काठमाडौं । संघीय गठवन्धन कि मधेसी मोर्चा भन्ने विवाद उत्कर्षमा पुगेको छ । र, नयाँ संविधान जारी भएको दिनको विरोधमा गरिने भनिएको कार्यक्रम अलग-अलग गर्ने भएका छन् ।

मधेसी मोर्चासहितको संघीय गठवन्धनले नयाँ संविधान जारी भएको दिन असोज ३ लाई कालोदिनका रुपमा मनाउने घोषणा गरेको छ । तर, सोमबार विभाजित भएर कार्यक्रम गर्दैछन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय गठवन्धनले रत्नपार्क शान्तिबाटिकामा कार्यक्रम राखेको छ । तर, गठवन्धनमा आवद्ध चार दलले भने माइतीघर मण्डलामा कार्यक्रम गर्ने भएका छन् ।

तमलोपा, सद्भावना, फोरम गणतान्त्रिक र नेपाल सद्भावना पार्टीले माइतीघर मण्डलामा कार्यक्रम राखेका छन् । नेताहरुले नेकपा एमालेले रत्नपार्कमा कार्यक्रम राखेको र आफूहरुले भिडन्त नचाहेकाले सचिवालय बैठकबाटै कार्यक्रमसारिएको बताएका छन् ।

तर, अनौपचारिक सम्वादमा उनीहरु मधेसी मोर्चाको अतित्व जोगाउने प्रयास भन्छन् । तमलोपाका एक शीर्ष नेताले अनलाइनखबरसँग भने, ‘हिजो मधेस आन्दोलन मधेसी मोर्चाले गरेको थियो । मधेसी मोर्चार्ले नै उत्कर्षमा पुर्‍याएहो । भोलि पनि मधेसी मोर्चाले नै आन्दोलन गर्नुपर्छ भने यसको अतित्व जोगाउनु पर्छ भन्ने हाम्रो जोड हो ।’

संघीय गठवन्धनमा आवद्ध दलहरुले काठमाडौंका साथै पहाडमा आन्दोलन गर्न नसकेको उनीहरुको आरोप लगाउँछन् ।

तर, उपेन्द्र यादवको दल संघीय समाजवादी फोरम नेपाल भने गठवन्धनको पक्षमा उभिएको छ । जसमा मधेसी मोर्चामा आवद्ध केही दलले पनि साथ दिएका छन् ।

अशोक राई नेतृत्वको संघीय समाजवादीसँग पार्टी एकता गरेका यादव ३ गतेकै कार्यक्रमका लागि सोलु पुगेका छन् । सांसद शिवजी यादवले संविधान दिवसको विरोधमा गर्ने भनिएको कार्यक्रम शान्तिबाटिकामै रहेको खबर पार्टीले दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment