Comments Add Comment

भक्तपुरमा दुई हजार बालबालिका उच्च जोखिममा, उद्धारमा कठिनाइ

३ असोज, भक्तपुर। भक्तपुरमा दुई हजार १४२ जना बालबालिका उच्च जोखिममा रहेको तथ्य सार्वजनिक गरिएको छ ।

Child-Playingजिल्ला बाल कल्याण समिति भक्तपुरले आइतबार यहाँ आयोजना गरेको भक्तपुरलाई बालश्रम शोषण मुक्त जिल्ला बनाउने पञ्चवर्षीय योजनाको समीक्षा कार्यक्रममा यस्तो तथ्य सार्वजनिक गरिएको हो ।

जिल्ला बाल कल्याण समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले भक्तपुरमा जोखिममा रहेका बालबालिकाको पुनःस्थापना र एवम् पारिवारिक मिलन कार्य चुनौतीपुर्ण भएको बताए ।

जोखिममा रहेका बालबालिकाको पहिचान भइसक्दा पनि बालबालिकाको संरक्षण गर्ने निकायको अभावमा उनीहरुको उद्धार गर्न नसकिएको बताउँदै उहाँले कार्यरत विभिन्न सरकारी तथा गैरसरकारी संस्थालाई जिम्मेवारी लिन आग्रह गरे ।

महिला विकास कार्यालय भक्तपुरकी प्रमुख नीला घिमिरेले घरमा काम गर्ने, भूकम्पमा घर तथा परिवार गुमाएका, आफन्त नभएर अरुको आश्रय लिनुपरेका, विभिन्न उद्योग तथा कलकारखाना र यातायातका साधनमा काम गर्ने जोखिममा रहेका बालबालिकाको उद्धार गर्नु अति आवश्यक रहेको बताइन् ।

कार्यक्रममा सहभागीले आव ०७४\०७५ भित्र भक्तपुरलाई बालश्रम शोषणमुक्त जिल्ला बनाउन सबैले प्रतिबद्ध भएर हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment