Comments Add Comment

प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

prachanda (5)
३ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार आह्वान गरेको सर्वदलीय बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किएको भोलिपल्टै बालुवाटारस्थित निवासमा सर्वदलीय बैठक आह्वान गरेका थिए । दिउँसो दुई बजे बस्ने तय भएको बैठकमा भारत भ्रमणका उपलब्धीबारे जानकारी दिने र संविधान संशोधनबारे छलफल हुने बताइएको थियो ।

तर सोही समयमा मधेस केन्द्रित दलहरुले संविधान दिवसलाई ‘कालो दिन’को रुपमा मनाउन थालेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेको स्रोतले बतायो । मधेस केन्द्रित दलहरुले बिभाजित रुपमा काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरेर ‘कालो दिन’ मनाउँदै छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्राविधिक कारणबस बैठक स्थगित गरिएको अनलाइनखबरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment