Comments Add Comment

पाँच वर्षमा ४६ मूर्ति हराए

४ असोज, काठमाडौं । पाँच वर्षको अवधिमा प्राचीन तथा पुरातात्विक महत्वका चार दर्जन बहुमूल्य मूर्ति चथा शिलालेख चोरी भएको छ ।

Buddha-Murti०६८ सालयताको अवधिमा देशभरका मठ मन्दिर तथा गुम्बा बिहारबाट ४६ वटा मूर्तिसहितका प्राचीन शिलालेख हराएको हो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार चोरीमा संलग्न कतिपय अभियुक्त पक्राउ परे पनि हराएका मूर्ति अझै नभेटिएका आजको कारोबार दैनिकमा समाचार छ ।

सबैभन्दा बढी उपत्यका तथा आसपासका क्षेत्रबाट प्राचीन सम्पत्ति चोरी हुने गरेको पाइएको छ ।

प्रहरी तथा पुरातत्व विभागका अधिकारीहरु नेपाल घुम्न आउने बहानामा विदेशीले आपराधीक तथा संगठित गिरोहमार्फत मूर्ति किनने गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment