Comments Add Comment

अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट

prakashsharan mahat_obama६ असोज, काठमाडौँ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेट भएको छ ।

परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा हाल संयुक्त राज्य अमेरिकामा छन् ।

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार साँझ न्युयोर्कमा आयोजना गरेकाे स्वागत समारोहमा राष्ट्रपति ओबामासँग परराष्ट्रमन्त्री डा महतको भेट भएको हो ।

सोही समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच सङ्क्षिप्त कुराकानी भएको छ ।

त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री डा महतले जानकारी दिए । ।कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकामा परिस्थितिबस स्थगित भएको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment